राजनिती र नागरिक

Tau Gurung
Tau Gurung

सामन्यत राजनितीको कुरा गर्दा प्राय मानिसहरु (नागरिकहरु) राजनितीको पनि के कुरा गर्ने, राजनिती भनेको फोहोरी खेल हो, राजनिती पनि के गर्ने यस्तै यस्तै नकरात्मक प्रतिक्रिया दिन्छन् । राजनितीप्रति अधिकांश नागरिकहरुको बितृष्णा छ, यो बितृष्णा किन र कसरि आयो वा बढ्यो भन्नेमा थुप्रै कारणहरु हुन सक्छन्, जसको छुट्टै पाटो छ र यस बारे भन्न र लेख्न समय लाग्ला । तर गहिरिएर सोच्ने हो भने हामी नागरिकहरुले राजनिती र नागरिकको सम्बन्धलाई राम्ररी बुझ्नु जरुरी छ । यी दुइ “राजनिती” र “नागरिक”लाई अलग राखेर हेरिनुहुन्न वा बुझ्नुहुन्न । राजनितीले नै या राजनितीबाट नै हामीले हाम्रो हक अधिकारको सुनिश्चिता गर्ने हो । हामी नागरिकहरुका सुख दुखसंग प्रत्यक्ष परोक्ष सरोकार राख्दछ राजनितीले । जनताको सुखदुख र संमृद्धिसंग राजनिती जोडेको हुन्छ वा जोडिन आउँछ ।

अर्को तर्पm राजनिती गरेर नै देश र जनताको बिकास र संमृद्धिको लागि निती नियम बनाउने ठाउँमा वा तहमा पुग्ने हो नत्र त हामी सामान्य नागरिक भएर व्यक्तिगत रुपमा जति सभ्य भए पनि राष्ट्र परिबर्तन र बिकासमा त्यस्तो खासै टेवा पुर्याउन सकिन्न वा निती नियम बनाउन सकिन्न । मात्र कुरा रह्यो हरेक राजनितीज्ञले राम्रो धेयले राजनिती गर्नु पर्दछ, ना कि कुनै खराब नियतले होइन ।

राजनिती भन्ने शब्द दुई वटा शब्दहरु मिलेर बनेको छ “राज” अनि “निती” । पौराणीककालमा प्राय राजा महाराजाहरुले नै देशको नितीनियम कानुन अझ बृहतमा भन्नु पर्दा देशको (राज्यको) संबिधान बनाउने भएकोले “राजनिती” भनेको हुनुपर्दछ । अर्को अर्थमा “राज गर्ने नियम” यानिकी “राज्य चलाउने निती” नै राजनिती हो । “निती” भन्दा हामीले सामान्य नियम या कानुनलाई बुझ्छौं वा जनाइन्छ तर यसको धेरै गहण अर्थ रहेको हुन्छ । निती भन्नाले देशको शाषण प्रणाली देखि लिएर संबिधान समेतलाई इंगित गर्दछ जसको बारे सामान्य बुझेर हुन्न । हरेक निती तथा शाषण प्रणालीको आ–आफ्नै परिभाषा, मुल्य र मान्यता अनि संरचना रहेका हुन्छन् जसको बारे बयाण गरेर वा लेखेर यहाँ साध्य छैन । उदाहरणको लागि समाजबादी, पुँजीबादी, राजतन्त्र, प्रजातन्त्र, गणतन्त्र, लोकतन्त्र ….. आदि इत्यादि । देशमा कस्तो निती नियम वा अझ बृहत भाषामा भन्नु पर्दा कस्तो शाषण प्रणाली अपनायो वा लागु गर्यो भने देशको बिकास हुन्छ भन्ने कुरा अत्यन्तै कठिन छ या गाह्रो बिषय हो । अर्को तर्पm “राज गर्ने निती” यानिकी “राज्य संचालन गर्ने निती” नै राम्रो भएन भने देश र जनताको बिकास कसरि हुन्छ, कसरि संमृद्धि प्राप्त गर्छ, कसरि जनताले (नागरिकले) सुख प्राप्त गर्छन् यो पनि अर्को गहण बिषय हो ।

जहाँसम्म नेपालको सन्दर्भमा निती कस्तो हुनुपर्छ, तन्त्र या शाषण प्रणाली कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा थुप्रै आन्दोलन र क्रान्ति भएका छन् र हाल देशमा लोकतन्त्र आएको छ । हामीले के पनि बुझ्नु आवश्यक छ भने कुनै निती नियम आपैmमा नराम्रोे हुँदैन या नराम्रो अभिप्रायले बनाइएको हुँदैन यद्दापि उक्त निती नियम पुर्ण भन्ने नहुन सक्छ (उदाहरणको लागि नेपालको हालको संबिधान) । राष्ट्रको आवश्यकता र जनताको चहाना बमोजिम यस्तो नितीनियमलाई परिमार्जन तथा परिबर्तन गर्नु जरुरी हुन्छ । प्रायः निती नियम तथा शाषण प्रणाली राष्ट्रको बिकास र संमृद्धिकै लागि बनाइएको वा बनेका हुन्छन् । नेपालमा पनि निती नियम र प्रणालीको हकमा बिपीको समाजबाद तथा राष्ट्रिय मेलमिलापको निती देखि मदन भन्डारीको बहुदलिय जनबाद कुनै पनि निती या प्रणाली नराम्रा अभिप्रायको थिएनन् होला । समस्य भनेको उक्त निती नियम लागु गर्ने र गराउने, पालना गर्ने र गराउनेमा रह्यो, कमजोर देखियो । साथसाथै दल या पार्टीको सन्दर्भमा नेपालमा थुप्रै दलहरु थिए अनि छन् । यी पार्टी अनि पार्टीका नेताहरुलाई जनताहरुले देश बिकासको लागि थुप्रै पटक मौका दिइसके (सबै पार्टीको इतिहासबारे लेख्न र भन्न यहाँनिर जरुरी नहोला, सकिन्न पनि) तर अनुपातमा कुनै पनि पार्टी अनि ती पार्टीका नेताहरुले देश बिकासमा खासै त्यस्तो उल्लेख्य काम गरेको पाइदैन जबकि समकालिन देश र देशका नेताहरुले उनीहरुको राष्ट्रको बिकासमा नेपालभन्दा कर्यौं गुणा फट्को मारी सके । देशको शाषण प्रणाली परिबर्तन गर्नमा हाम्रा नेताहरुले केही हदसम्म मद्धत पुर्याए ता पनि बिकासको हिसाबले खासै त्यस्तो अतुलनिय कार्य गरेको पाइदैन । त्यसैले अबको हाम्रो प्रमुख काम अनि जिम्मेवार भनेको देशको शाषण प्रणाली परिबर्तन भन्दा नि देशको चौहत्तर बिकास (आर्थिक संमृद्धि) गर्न सक्ने पार्टी र नेता खोज्ने वा छान्ने हो ।

प्रबाशमा रहेका जति पनि नेपालीहरु छन् सायद आफ्नो देशको (नेपालको) माया नलाग्ने वा नगर्ने कमै होलान् । आफ्नो मातृभुमीबाट लाखौं कोष टाढा भए ता पनि कतै न कतै, कहि न कहि आफ्नो जन्मभुमी मातृभुमिलाई सम्झिरहेका हुन्छौं । आफु जतिसुकै बिकसित ठाउँमा (देशमा) रहे पनि आफ्नो मातृभुमिप्रति अथाह माया रहेको हुन्छ र सधैं आफ्नो देशको उन्नति चहान्छौं । कतिपय अवस्थमा देशको प्रगति वा बिकासमा केही योगदान गरौं भन्ने चाहाना पनि हुन्छ अनि लाग्छ । हामीले कल्पना र चाहाना गरेका हुन्छौं कि हाम्रो देश पनि हाल हामी बसिरहेको देश जस्तै बिकसित समुन्नत भएको भए हामीलाई कतिको गर्ब लाग्दो हो या हुँदोहो । तर अब हामीले कल्पना र चहाना गर्नु भन्दा पनि यसका निमित्त केही गर्नुपर्ने समय आएको छ । हाम्रो चाहाना अनि सपनालाई पुरा साकार गर्न (हाम्रै जीवनकालमा समुन्नत नेपाल देख्न) हामीले काम गर्नु पर्ने बेला आएको छ । भबिष्यमा हुने जुनै पनि प्रदेश र केन्द्रको (प्रतिनिधि) चुनाबमा कर्मठ, योग्य, स्वच्छ र ढ्रिड इच्छा शक्ति अनि बिश्वास भएका मानिसहरुलाई/नेताहरुलाई (उम्मेदवार तथा पार्टीलाई) चुनेर राष्ट्र निर्माणको प्रमुख स्थानमा पुर्याउने जिम्मेवारी आएको छ । योग्य र असल नियत भएका नेता छान्ने भनेको चुनाव नै हो ।

नेपालको चर्चित तथा बरिष्ठ पत्रकार विजय कुमार पाण्डेले भने भैm “जस्तो जनता त्यस्तै नेता, जनता अनुसारको नेता” यस कुरालाई थोरै भए पनि मनन गरौं । त्यस्तै गरि हालको चर्चित तथा साहसिक टेलिभिजन कार्याक्रम “सिधा कुरा जनतासंग” को प्रस्तोता रबि लामिछाने ज्युले भन्ने भैm दोष मात्र नेता या शासण प्रणालीलाई लगाएर हुन्न कति कुराको शुरुवात आपैmबाट, आफ्नै घर अनि टोल छिमेकबाट गर्नुपर्यो या गर्नुपर्छ । हामी जनता सचेत भएर मात्र हामीले सचेत नेता पाउने हो । योग्य, स्वच्छ, सचेत तथा बौद्धिक नेता छान्नमा हाम्रो ध्यान केन्द्रित गरौं । कतिपय अवस्थामा हामी जतिसुकै पढे लेखेका भए पनि वा बिकसित राष्ट्रहरुमा बसे पनि, जतिसुकै बिकास र बिज्ञानका कुरा गरे पनि हाम्रो आफ्नै मानसिकता (mindset) परिबर्तन गर्न सकिरहेका हुनौं त्यसैले अर्कोपाली हामीले निती नियम भन्दा पनि राम्रा नियत भएकाहरुलाई जिताउनमा मद्धत गरौं । स्वच्छ, योग्य तथा ढ्रिड इच्छा शक्ति भएका कर्मठ उम्मेदवारहरुलाई जिताऔं र उहाँहरुलाई राष्ट्रको निती नियम निर्माण गर्ने तहमा पुर्यान सक्दो (भरमुग्धर) प्रयास गरौं, सहयोग गरौं ।

नेपालमा नियम नराम्रो होइन नियत नराम्रो भएका मानिसहरुले गर्दा देश बिकास नभएको हो । राम्रो नियत भएकाहरुलाई राष्ट्र निर्माणको लागि चुनौं, विर्बाचित गराऔं । यसका निमित्त हामी विदेशमा रहेका सम्पुर्ण बिबेकशील नागरिकहरुले गर्ने र गर्न सक्ने भनेको स्वच्छ, योग्य तथा ढ्रिड इच्छा शक्ति भएका कर्मठ उम्मेदवारहरुलाई नैतिक समर्थन गर्ने, उहाको मुल्य मान्यताहरुलाई प्रचार प्रसार गर्ने अनि परि आएको खण्डमा आर्थिक सहयोग गर्ने हो र चुनाबलाई मध्य नजर राख्दै आफ्नो परिवारजन, इष्टमित्र अनि टोल छिमेकलाई (मतदाताहरुलाई) फोन गरेर उक्त उम्मेदवार प्रति बिश्वास जगाउने अनि भोट माग्ने हो । विभिन्न मिडीया तथा सामाजिक संजालहरुमा तिब्र प्रचार प्रसार गर्ने हो ।


अन्त्यमा हामी सबैले राजनितीप्रति सकरात्मक सोच राखौं, माथि उल्लेख गरे भैm असल राजनितीक व्यवस्था र यसको प्रभावकारी कार्यन्वयनले नै देश र समग्र नागरिकहरुको बिकास हुने हो । देशमा राम्रो राजनिती प्रणालीको बिकास गर्नमा मद्धत गरौं । हातमा हात मिलाऔं । “एकले थुकी सुकी, सयले थुकी नदी” भन्छन्, हैशेमा हैशे थपौं र राष्ट्र निर्माणमा तपाइ पनि एउटा हिस्सेदारी बनौं । जय नेपाल ।