खबर यूकेको कार्यालय

सुचना प्रबिधीमा भएको द्रुत बिकासले गर्दा सारा विश्व एउटा गाउँको (ग्लोबल भिलेज) रुपमा परिणत भएको छ । सुचना प्रबिधीको सहयाताले मानिसको दैनिक कार्य देखि प्राय सबै क्षेत्रहरुमा युगान्तकारी र क्रान्तिकारी परिवर्तन आएको छ । सुचना प्रबिधीको उपयोग, फाईदा र बेफाईदाहरु बारे बयान गरेर साध्य छैन । सुचना प्रबिधीको प्रयोग हरेक ब्यक्ती र क्षेत्रको लागि अपरिहार्य भएको छ । यदी सुचना प्रबिधिले सबैभन्दा बढी परिबर्तन कुन क्षेत्रमा ल्याएको छ भनि सोध्ने वा हेर्ने हो भने संचार क्षेत्र पनि प्रमुख मध्ये एक हो । झन्डै आज भन्दा चार दशक अघिको सुचना संचारको समय सम्झने हो भने नेपालको सन्दर्भमा गोरखा पत्र, रेडियो नेपाल अनि नेपाल टेलिभिजन जस्ता सरकारी निकायका संचार माध्यमहरुमा भर पर्नु पर्दथ्यो । समाचारहरु पढ्न, सुन्न र हेर्न हप्ता अनि महिना दिन कुर्नु पर्दथ्यो, हुलाक कुर्नु पर्दथ्यो । SLC नतिजा हेर्न वा पत्ता लगाउन घण्टौ कुरेरा गोरखापत्र किनेको वा लिएको अनुभब ताजै होला । सुचना प्रबिधि क्षेत्रमा निजी व्यवसायीहरुको प्रबेश र लगानी सँगै परिवर्तनको शुरुवात त भयो तर यस विचमा पनि सिमित व्यक्ति र क्षेत्रको पहुंचमा थियो । तर हाल आएर त्यस स्थितिमा ब्यापक परिवर्तन भई शहरदेखि गाउसम्म प्राय मनिसहरुको पहुँचमा सुचना तथा संचार पुगेको अवस्था हो ।

पछिल्लो समय, संचार क्षेत्रमा सुचना प्रबिधीको प्रयोग र सहायाताले गर्दा क्रान्तिकारी परिबर्तन नै आएको वा ल्याएको छ । संसारको जुनै कुनामा भएको घटनाको समाचार अर्को कुनाको स्रोता वा पाठकहरुमा तुरुन्तै सम्प्रेषण हुन्छ वा पुग्छ । पढने मात्र समाचारहरु सिमित नभएर हाल श्रब्यदृष्य (प्रतक्ष्य हेर्ने) समाचारहरुको प्रचलन पनि बढदै गएका छन् । वेबसाइट (अनलाइन न्युज पोर्टलहरु) र स्मार्ट फोनहरुको प्रयोग र सहयताले गर्दा स्रोता र पाठकहरुको हातहातमा समाचारहरु उपलब्ध भएका छन् । यस्तै भीडहरुमा खबर यूके पनि आफ्नो लक्षित बर्ग, समाज र पाठकहरुप्रति समर्पित र प्रयासरत समाचारमुलक वेबसाइट (न्युज पोर्टल) हो । विशेष गरेर यूकेमा रहेका नेपालीबर्ग, नेपाली समाज र नेपालीसंग सम्बन्धन व्यक्ति र संस्था आदिको समाचार अनि सुचना प्रेषित गर्ने तर्फ लक्षित वेबसाइट हो यद्यापि यूकेमा यस किसिमको वेबसाइटहरु नभएका भने होइन ।

संचार सम्प्रेषणको न्युनतम मुल्य मान्यतालाई अक्षरस पालाना गर्दै बिशेष गरेर प्रसिध्द संचार माध्यमहरुमा पहुंच पुर्याउन नसकेका संस्था र बर्गहरुप्रति समर्पित रहेको छ । कहिलेकाही लेख्ने र लेख्न प्रयासरत व्यक्तिहरुलाई लाग्दो हो— मेरो लेख वा हाम्रो समाचार पनि प्रकाषित गर्न पाए हुन्थ्यो वा हाम्रो समाचार पनि लेख्न पाए हुन्थ्यो नि! भन्ने बर्गप्रति खबर यूके समर्पित र लक्षित छ, तर यहाँहरुको सृजना, रचना र समाचार आदिको न्युनतम मान्यता र आधर भने हुनु पर्यो नै ।

अन्त्यमा यहाँहरुको साथ र सहयोगको अपेक्षा राख्दै कुनै समाचार तथा रचना छन् भने कृपया निर्धक्क सम्पर्क गर्नुहोस् । न्युनतम मान्यता र आधर भएका समाचार र लेखहरु अवश्य प्रकाषित गर्नेछौं ।

धन्यवाद

खबर यूके टीम ।

खबर यूकेको सदस्यहरु (टिम)

Tau Gurung

Tau Gurung

Founder Member

Indra Ghothane

Indra Ghothane

Founder Member

S K Shrestha

S K Shrestha

Founder Member

अधिकारिकता, सम्बधन र साझेदारी

Authencity

अधिकारिकता

संचार सम्प्रेषणको न्युनतम मुल्य मान्यतालाई ध्यानमा राख्दै समाचारहरु तथा अन्य सम्प्रेषित सामाग्रीहरु सम्बन्धित स्रोतबाट/सँग (ब्यक्ती, संस्था वा अन्य) हाम्रा सम्बादाताहरुले प्रतक्ष्य प्रमाणीत (Verification and Authenticate) गरेपछी (सत्यतथ्य पत्ता लगाएर) मात्र अधिकारिक रुपमा प्रकाशित गरिनेछ ।

Real Engagement

सम्बन्धन

सहकार्य र समन्वय (Synergy) को शक्तीलाई ध्यानमा राख्दै मुलधार तथा प्रसिध्द संचार गृहहरु/संस्थाहरु (Media Houses) सँग सम्बन्धन (Affiliation) भएर दुबै पक्षको हितका लागि सहकार्य र समान्वय गर्न खबर यूके तत्पर रहेको र यसको लागि पहल गरिनेछ ।

Unique Stories

साझेदारी

सहकार्य र समन्वय (Synergy) को शक्तीलाई ध्यानमा राख्दै बिशेष गरेर यूके स्थिती बिभिन्न नेपाली संघसंस्था अनि ब्यवासायीहरु सँग दुबै पक्षको हितका लागि साझेदारी (Partnership) गर्न खबर यूके तत्पर रहेको छ । यसको लागि खबर युकेले निकट भबिस्यमै पहल गरिनेछ र साझेदारीको लागि अनुरोध पनि गर्दछौ ।