भब्य बन्यो क्वोने (घोताने/घोन्डे) गुरुङ समाज यूकेको नबौ भाईखलक भेटघाट तथा चेलीबेटी भोज कार्यक्रम-२०२५

ईन्द्र घोथाने ।
लण्डन । नेपालको गण्डकी प्रदेश सभासद (सांसद) माननीय सरस्वती गुरुङको बिशेष उपस्थितिमा क्वोने (घोताने/घोन्डे) गुरुङ समाज यूकेले समाजको नबौ भाईखलक भेटघाट तथा चेलीबेटी भोज कार्यक्रम-२०२५ बिभिन्न कार्यक्रमसहित भब्य मनायो । बेलायतका नेपालीहरुको प्रमुख कार्यक्रमस्थल एम्पायर हल अल्डरसटमा समाजको सबैभन्दा जेष्ठ सदस्य ८२ बर्षे एक बहादुर गुरुङ प्रमुख अतिथी रहेको कार्यक्रममा सधैंको जस्तो आफ्नो भाईखलकहरु,चेलीबेटीज्युहरु र ज्वाँईहरुलाई सम्मान गर्दै नाचगान, चिट्ठा आदि मनोरन्जनात्मक कार्यक्रमहरु गर्दै हर्षोल्लासका साथ २०२५ सालको चेलीबेटी तथा दाज्युभाइ भेटघाट कार्यक्रम सुसम्पन्न गरेको छ ।

प्रमुख अतिथी श्री एक बहादुर गुरुङ, बिशिष्ठ अतिथी माननीय सरस्वती गुरुङ, कार्यबाहक अध्यक्ष श्री राम गुरुङ, चेलीबेटी प्रमुख लिना गुरुङ र प्रमुख संरक्षक क्याप्टेन श्री जीवन कुमार गुरुङले संयुक्त रुपमा पानसमा दीप प्रज्वल्लन गर्नुभई औपचारिक कार्यक्रमको शुरुवात गरिएको थियो । कार्यक्रम संयोजक निबर्तमान उपाध्यक्ष तथा सल्लाहकार कुमार गुरुङले समाजको तर्फबाट उपस्थित साबैलाई स्वागत गर्नुभएको थियो र कार्यक्रमबारे संक्षिप्तमा जानकारी गराउनुभएको थियो । लगत्तै नेपालको राष्ट्रिय गान बजाए पछी चेलीबेटीहरुले अत्यन्तै आकर्षक स्वागत नृत्य प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा क्वोने गुरुङ समाजले २०२४ सालमा यूकेका बिभिन्न संघसंस्थाहरुमा अध्यक्ष तथा अन्य पदहरुम नव निर्बाचित दाज्युभाईहरु, दिदीबहिनीहरु (चेलीबेटीहरु) र ज्वाँईहरुलाई सम्मान गरेको थियो । त्यस्तै समाजले २०२२ सालको युकेको स्थानिय चुनाबमा बारनेट बरो अन्तर्गत एजवेवरबरी वार्डबाट कन्सरभेटिभ पार्टीको तर्फबाट दोस्रो पटक काउन्सिलरमा बिजयी काउन्सिलर श्री लक्ष्य गुरुङ र आजीवन सदस्य श्री सत्रमान गुरुङ्ग तथा श्रीमती कमलादेबी गुरुङ्गको छोरी (सुपुत्री) डाक्टर शारादा गुरुङ्ग ब्रिटिश आर्मीमा सिधै मेजर पदमा कमिसन हुनुभएकोमा यस्तो किर्तीमानी काम र पदको लागि छोरी प्रति गौरवान्तित हुँदै समाजको तर्फबाट बधाई तथा शुभकामाना दिएको थियो ।

त्यस्तै कार्यक्रममा तमु धि नेपालको अध्यक्ष हुम गुरुङ र काठमान्डौमा मन्जुश्री बालबालिका संरक्षण केन्द्र स्थापना गरी समाजसेवा गरीरहेकी चेली माया (दोर्जी डोल्मा) गुरुङ, गैर आवसीय नेपाली संघ यूकेको अध्यक्ष ज्वाँई हितकाजी गुरुङ, तमु संचार कर्मी संघ नेपालको अध्यक्षमा निर्बाचित ज्वाँई लाला गुरुङ र डाईमन्ड बुद्धिष्ट सेन्टर प्लमस्टेडको अध्यक्षमा निर्बाचित ज्वाँई योगेश गुरुङलाई सम्मान गरेको थियो । त्यस्तै कार्यक्रममा प्रमुख प्रायोजकहरुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा तमु धि नेपालको अध्यक्ष हुम क्वोने गुरुङले माघेसंक्रान्तिमा चेलीबेटीहरुलाई भात दिने मौलिक परम्परा र क्वोने गुरुङहरुको बंश (र्हो)को महत्व दर्शाउदै शीरमा लगाई दिनुभएको क्रेगी (फेटा) जस्तो सफा अनि स्वछ भावनाले समाजसेवा गर्नुपर्ने कुरा बताउनुभयो । त्यस्तै समाजकै निमन्त्रणामा बेलायत आउनु भएकी क्वोने (घोताने/घोन्डे) चेली गण्डकी प्रदेशको माननीय संसद सरस्वती गुरुङले बेलायत जस्तो ब्यस्त स्थानमा पनि क्वोने गुरुङ समाज यूकेले आफ्नो रितीथिती र संस्कार संस्कृतिलाई कायमै राख्दै माघेसंक्रान्तिको शुभ अबसर पारेर बर्षेनी चेलीबेटी भोज कार्यक्रम आयोजना गर्नु ज्यादै सरहानिया कार्य भएको कुरा बताउनुहुँदै केटाकेटी हुँदा खेल्ने खेल “यती यती पानी गंगै रानी” स्मरण गर्नुहुँदै माइतीले दिनुभएको माया र सत्कार सधैं स्वच्छ अनि उच्च लाग्ने कुरा बताउनुभयो ।

कार्यक्रममा चेलीबेटीहरुद्वारा कोसेली (सगुन) दिनुको साथसाथै आकर्षक न्रित्य प्रतुत गरेकी थिईन । त्यस्तै ज्वाँई यामु गुरुङले “री मै थुमै” बोलको गुरुङ गीत गाउनुभएको थियो भने भाईखलक सिरी गुरुङले मनोमोहक नृत्य प्रस्तुत गरेको थियो । त्यस्तै कार्यक्रममा तमु समाज यूकेले गलबन्दी चिनो भन्ने गुरुङ गीतमा आकर्षक नाच प्रस्तुत गरेको थियो । साँस्कृतिक कार्यक्रम तथा चिठा कार्यक्रम समाज सकृया सदस्य बुहारी यशोदा गुरुङले संचालान गरेको थियो भने कार्यक्रममा गायक शीतल गुरुङ र गायिका बिमला गुरुङ गुरुङले अहिलेको चर्चित गीत ल्याइदेउ चिनो यूके लन्डनको र कश्मिरे पछ्यौरी जस्ता गीत गाएर भरमुग्धर मनोरन्जन गराएको थियो । साथै लोक दोहोरी गायिका हरिमाया गुरुङले आफ्नो चर्चित गीत गाउनुभई सबैलाई नचाएको थियो ।

कार्यक्रममा प्रमुख संरक्षक क्याप्टेन जीवन कुमार गुरुङ, पूर्व अध्यक्ष तथा संरक्षक अनेरी लेप्टेन चन्द्र बहादुर गुरुङले शुभकामना मन्तब्य दिनुभएको थियो भने चेलीबेटी प्रमुख लिना गुरुङले माइतीको बखान अनि प्रशंसा गर्दै भब्य कार्यक्रमको लागि शुभकामना दिनुभएको थियो । औपचारिक कार्यक्रमको अन्त्यमा कार्यबाहक अध्यक्ष राम गुरुङले कार्यक्रमलाई सफल पार्न सहयोग गर्नुहुने कार्यक्रम संयोजक, कार्यसमिती, चेलीबेटीहरु, प्रायोजकहरु र उपस्थित सबैलाई धन्यवाद दिनुभएको थियो ।

औपचारिक कार्यक्रम महासचिब ईन्द्र घोथानेले सन्चालन गर्नुभएको थियो भने प्रविधिमा अर्का भाईखलक टोउ गुरुङले सहयोग गर्नुभएको थियो । कार्यक्रमको प्रतक्ष्य प्रसारण भाईखलक तमु मै ताको यूके प्रतिनिधि मिम काजी गुरुङले र एभरेष्ट मिडियाका सन्चालक तथा तमु धि यूकेका मिडिया सेक्रिटरी ज्वाँई एसके गुरुङले कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्नुको साथसाथै कार्यक्रमको फोटोग्राफी गर्नुभएको थियो ।