बिट्कोइन र क्रिप्टो करेन्सीबारे यस्तो भन्नुहुन्छ सफल ब्यवसायी कृष्ण गुरुङ

बिट्कोइन अनि क्रिप्टो करेंसी को बारेमा तपाईले सुन्नु भएकै होला… कसैले पैसा कमाएको त कसैले स्क्याममा परेर गुमाएको पनि सुन्नुभयो होला नै । अनि गूगल गरेर अनि युट्युबतिर पनि बुझ्ने कोशिस गर्नु भयो होला.. जति बुझ्न खोज्यो त्यती नै कन्फ्युज पनि हुनु भयो होला । कतिजना त बिट्कोइन भनेको छिटो छिटो पैसा कमाउने ठाउँ भनेर पनि लोभिएर फसिएको होला ।

म आफैले पनि पहिलो चोटी बिट्कोइनको बारेमा सुन्दा अनि पढ्दा कुनै स्क्याम अनि अण्डर्ग्रौण्ड सेक्रेट कुरा जस्तो लाग्थ्यो । पहिलो चोटि २०१४मा मधुकर गुरुङ दाइ र दिपक न्यौपाने दाइसंग आएरल्याण्ड बिट्कोइन कन्फेरेन्स जादा ३ दिन त्यही हराए जस्तो भयो । तीनै जनाको निष्कर्ष यो हाम्रो लागि होइन, यसको भबिष्य छैन अनि यो मान्छेहरु कि त स्क्यमरहरु हो कि गफाडी हो भन्ने निष्कर्ष गरेर जम्मा २० पाउण्ड जतिको मात्र बिट्कोइन किनेर फर्कियौ ।

त्यसपछि पनि बिट्कोइन न्युज र विभिन्न समाचारहरु मेल बोक्समा आउन थाल्यो, सायद आयरल्याण्ड जाँदा रजिस्टर गरेकोले होला, कता कता त्यसैले तानेको अनुभब हुनथाल्यो तर भित्री मनमा यसमा लगानी नगर बस रियल स्टेट नै सबैभन्दा राम्रो हो भन्ने नै भैरहयो । समय क्रमसंगै बुझ्दै अनि थोरै थोरै लगानी गर्दै पनि गए । यस बिचमा धेरै कुरा नेटवर्क मार्केटिंग जुन बिट्कोइन संग सम्बन्धित थियो, अचम्मको कुरा हरेकले ठुलो ठुलो सपना देखाउने अनि केहि समय पछि कम्पनि गायब हुने । एउटा गतिलो लेसन चाहि बिट्कोइनको बारेमा धेरै नोलेज भयो, अनि नेटवर्क मार्केटिङ्गमा होइन बरु बिट्कोइन अनि अन्य क्रिप्टो नै किन्दा राम्रो भन्ने ज्ञाग प्राप्त भयो ।

मेरो अहिलेसम्मको अध्ययन र अनुभबले बिट्कोइन को बारेमा भन्नु पर्दा-

१. यो टेक्नोलोजी हो,

२. यो म्याथ हो (यसको फ़ाउण्डर सतोशी नाकामोतो अहिलेसम्म को हो भन्ने नै थाहा छैन, तर उसको ७ पेजको म्याथ र कोड नै बिट्कोइन हो),

३. यो डिजिटल करेंसी हो (इन्टरनेटको पैसा),

४. यो ग्लोबल हो (कुनै भूगोलमा सिमित छैन),

५. यसको सम्पूर्ण ट्रानजेक्सन लेजर मा रेकर्ड हुन्छ,

६. येसमा कुनै बिचौलिया छैन (बैंक जस्तो बिचमा कोहि हुदैन),

७. अहिलेसम्म संसारको ४२० मिलियन मान्छे क्रिफ्टोमा आइसकेको छ,

८. अहिले दुइ वोटा देशले बिट्कोइनलाई कानुनी पैसाको मान्यता दिसकेको छ अनि धेरै देशमा यसको कारोबार गर्न पाइन्छ,

९. कोइन बेस कम्पनि मात्र अमेरिकाको स्टक एक्सचेन्जमा लिस्ट भएको क्रिप्टो र किन बेच गर्न पाइने एक्सचेन्ज हो । त्यस्तै बाइनान्स संसार कै ठुलो क्रिप्टो एक्सचेन्ज हो,

१०. संसार कै धनी मान्छे एलन मस्क र उसको कम्पनिले बिट्कोइन किनेर राखेको छ,

११. अब हुने अमेरिकाको राष्ट्रपतिको दुइजना उम्मेदवारसंग बिट्कोइन छ र बिट्कोइन वकालत खुलेर गर्छन,

१२. बेलायतले क्रिप्टोको हब लन्डनलाइ बनाउने भनेर अफिसियाल्ली अगाडी बढेको छ,

१३. दुबई, सिङगापुर लगायत देशमा क्रिप्टो करेन्सि सम्बन्धित नियम बनाएर यसलाई प्रोपर्टी जस्तै मान्यता दिसकेको छ भने भर्खर इयुले MICA ल (कानुन) पास गर्यो भने हंगकंगले पनि क्रिप्टोको हब नै बनाउने भनेर क्रिप्टो फ्रेन्डली कानुन ल्याउदैछ,

१४. नेपालमा बिट्कोइन किनबेच गैरकानुनी छ, तर भारतमा भने किनबेच गर्न पाइन्छ, अनि भुटानले हाइड्रोलाइ बिट्कोइन माइनिङ्गमा युज गरेर आर्थिक क्रान्ति गर्दैछ जसबाट नेपालले सिक्नु पर्छ,

१५. केही बिश्लेषकहरुले २०२५मा बिट्कोइन २५० हजार डलर पुग्ने र २०३० सम्म १ मिलियन १ बिट्कोइनलाइ पर्ने भनेर ठोकुवा गरेका छन्,

१६. बिट्कोइन जम्मा २१ मिलियन मात्र छ अनि यो म्याथ र कोडेड भएकोले बढाउन मिल्दैन,

१७. बिट्कोइनको अध्ययनले जो सुकैले पैसा के हो र बिट्कोइनले के कुराको समाधान दिन्छ भन्ने कुरा बुझ्दछ ।

अन्त्यमा, बिट्कोइनको प्रयोग दिनदिनै बड्दो छ, बिस्तारै नियम कानुन नै संसोधन गरेर धेरै भन्दा धेरै देशहरुले कानुनी मान्यता दिनेछ । त्येसैले हाम्रो कम्युनिटीमा पनि यसको बारेमा बृहत रुपमा बुझ्न जरुरी छ । बुझेर मात्र लगानी गर्नु होला, नत्र भने म जस्तै स्क्यामहरुमा फस्नु हुनेछ ।नेपालमा किनबेच गर्न नमिले पनि यसको बारेमा ज्ञान बढाउनुहोस् । शुरुमा तपाईलाई कन्फुज जस्तो लाग्छ, जसरी पहिलो चोटि मोबाइल फोन प्रयोग गर्दा केहि गार्हो हुन्छ बस त्यती हो । कसैलाई लाग्न सक्छ मलाइ टेक्नोलोजी आउदैन मैले सक्दिन होला तर इमेल चलाउन तपाइलाई HTML बुझ्नु पर्छ त ? बस केहि समय दिएर, बिस्तारै सिक्नु भयो भने अबश्य पनि तपाई बिट्कोइनको बारेमा मात्र होइन “पैसा” के रहेछ, यो इन्फ्लेसन भनेको के रहेछ, पैसाको इतिहास अनि यसलाई कसरी प्रयोग गर्ने भन्ने पनि सजिलो हुन्छ भन्ने हो । साथसाथै म (कृष्ण गुरुङ) कुनै फ़ाइनेन्सियल यड्भाइजर होइन है, अनि यदि तपाई ११ मे बिहिबार बेलुकी यूके समय ७:३० बजे फुर्सद हुनुहुन्छ भने मैले मास्टर क्लास राखेको छु, इच्छुक भएमा कृपया फेसबुकमा मलाई संपर्क गर्नुहोला ।

पुनश्च- यस लेख प्रकाशन गरेर खबर यूकेले बिटकोइनको प्रबर्ध्दन गरेको होइन, मात्रा लेखकको बिचार वा ज्ञानलाई प्रकाशन गरेका हौ ।