ताङतिङ नौचु पैंगीलम भाईखलक युकेको प्रथम भेटघाट तथा चेलिबेटी भोज अनि सम्मान कार्यक्रम भव्य सम्पन्न
कास्की जिल्ला मादी गाउँ पालिका वडा नं २ ताङतिङ गाउँ पुख्र्यौली घर भई हाल बेलायतमा बसोबास गरिरहनु भएका ताङतिङका नौचु पैंगीलम भाईखलक युकेको प्रथम भेटघाट तथा चेलिबेटी भोज अनि सम्मान कार्यक्रम २०२४ भव्य रुपमा सम्पन्न भएको छ । स्मरण रहोस्– ताङतिङ स्थित नौचु डाँडालाई पैंगीलमहरुको उदगम् स्थल मानिन्छ । गत नोभेम्बर २३ तारिख शनिबार हेम्पसायरको फ्लिट स्थित Crookham War Memorial Hall (क्रुकहाम वार मेमोरियल हल)मा सम्पन्न भव्य कार्यक्रममा उपस्थित दाज्युभाईहरु र चेलिबेटीहरुले भरमुग्धर मनोरन्जन गरेका थिए ।
ताङतिङका नौचु पैंगीलम भाईखलक युकेको अध्यक्ष क्याप्टेन गौबहादुर गुरुङ MEBज्युको सभापतित्वमा सम्पन्न औपचारिक कार्यक्रमको शुरुवात चेलिबेटी तर्फबाट सबैभन्दा जेष्ठ चेली श्रीमती बत्तीमाया गुरुङ र भाइखलक आमा समुहको तर्फबाट श्रीमती गोपना गुरुङ, संरक्षक मेजर श्री बालासिङ गुरुङ तथा सल्लाहकार श्री आस बहादुर गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गर्नुभई औपचारिक कार्यक्रमको शुरुवात गरिएको थियो । भाईखलकको यो पहिलो औपचारिक कार्यक्रम भएकोले ताङतिङका नौचु पैंगीलम भाईखलक युकेको संरक्षक तथा नेपाल नौचु पैंगीलामा परिवारका अध्यक्ष मेजर बालासिंह गुरुङ MEBज्युले नयाँ कार्यसमितिलाई खाता लगाई औपचारिक रुपमा बधाई दिनुभएको थियो ।
लगत्तै ताङतिङका नौचु पैंगीलम भाईखलक युकेको तर्फबाट उपस्थित छोरी ज्वाँईहरुलाई (चेलीबेटीहरु र ज्वाँईहरुलाई) खाता लगाई भव्य स्वागत गरिएको थियो । कार्यक्रममा रिभान चौर नाथु प्रल्हाद ङेह्रो पैंगीलामा भाइखलक युकेको अध्यक्ष चक बहादुर गुरुङज्युले भाईखलकको कार्यक्रममा उपस्थित हुन पाउँदा अति खुशी लागेको र नौचु पैगीलम ब्राण्डलाई बिश्वब्यापी बनाउनुपर्ने कुरा बताउनुभयो । त्यस्तै, ताङतिङका नौचु पैंगीलम भाईखलक युकेको संरक्षक मेजर बालासिंह गुरुज्युले नौंचु पैगीलामाहरुको इतिहास छोटकरीमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा चेली श्रीमती योगा गुरुङले बाबा माइतीको प्रशंसा गर्दै आँफैले रच्नु भएको कबिता बाचन गरेकी थिइन् र बाबा माइतीलाई धन्यबाद दिनुहुँदै चेलीबेटीहरुले ल्याएको कोशेली बाबामाइतीलाई हस्तनतरण गरिएको थियो । तत्पश्चात, बिटीश आर्मीमा कार्यरत हालसालै कर्पोरलमा पदोन्नती हुनुभएका भाईखलक श्री हेमन्त गुरुङ र उहाँको श्रीमती रुपा गुरुङ र चेली श्रीमती रिता गुरुङ तथा ज्वाँईलाई ज्वाँई सार्जन्टमा पदोन्नती हुनुभएकोमा खाता लगाई भाईखलकको तर्पmबाट बधाई अनि शुभकामाना दिएको थियो । साथै चेली श्रीमती दुर्गा तथा ज्वाँई राजेश गुरुलाई पनि पहिलो सन्तान सुपुत्री लाभ भएको उपलक्ष्यमा बधाई तथा शुभकामाना दिएको थियो ।
कार्यक्रममा चेली पबित्र गुरुङ तथा ज्वाँई हिमाल गुरुङको छोरा शुसान्त गुरुङ र छोरी श्रृष्टी गुरुङले “तेला तिया तले ओ..” भन्ने गुरुङ गीतमा आकर्षक नृत्य गर्नुभएको थियो भने भाईखलक सदस्य श्री बिरेन्द्रजङ गुरुङ र छोरी प्रतिक्षा गुरुङले “छोरी मलाई भागी भागी नसताउ” भन्ने बोलको गीतमा ज्यादै मनोमहक अनि भाबुक नृत्य प्रस्तुत गर्नुभएको थियो । साथै चेली श्रीमती सुलोचना गुरुङले “माइतीघर माइतीघर” बोलको गीतमा र बुहारी निता गुरुङले “अहा.. मनमा फुल्यो फुलै फुल” बोलको गीतमा नृत्य प्रस्तुत गरेकी थिईन् ।
औपचारिक कार्यक्रमको अन्त्यमा भाइखलकको अध्यक्ष क्याप्टेन श्री गौबहादुर गुरुङ MEBज्युले उपस्थित सबैजनालाई धन्यबाद दिनुहुँदै भाईखलकको पहिलो कार्यक्रमलाई ऐतिहासिक र सफल बनाउन प्रतक्ष्य अप्रतक्ष्य सहयोग गर्नुहुने सम्पुर्ण कार्यसमिति सदस्य तथा भाईखलकहरु अनि चेलीबेटीहरुलाई धन्यबाद र आभर प्रकट गर्नुभएको थियो ।
कार्यक्रममा रमाइलो चिठा पनि गरिएको थियो भने चर्चित गायिका कल्पना सिर्पालीले “ताङतिङको मेलैमा” र “यो दाज्युको मिरमिरे आँखैमा” जस्ता चर्चित गीत गाएर उपस्थित सबैलाई मनोरन्जन गराएको थियो ।
औपचारिक कार्यक्रम भाइखलकको उपाध्यक्ष श्री बखत गुरुङले संचालन गर्नुभएको थियो भने सांस्कृतिक कार्यक्रम भाइखलक श्री बिरेन्द्रजङ गुरुङले गर्नुभएको थियो । कार्यक्रमको फोटोग्राफी तथा भिडीयोमा मिडीया संयोजक प्रशान्त गुरुङ र चेली मनु गुरुङले संयुक्त रुपमा सहयोग गर्नुभएको थियो । प्रबिधी तर्फ प्रसिम गुरुङ तथा जोन गुरुङले सहयोग गरेका थिए ।
सम्पन्न कार्यक्रमको पूर्ण संयोजन (ब्यवस्थापन) भाईखलकको महासचिब श्री तर्कजङ गुरुङ तथा निमित्त कोषाध्यक्ष श्री गोपाल गुरुङले गर्नुभएको थियो ।