महान ब्राजिलियन फुटबलर पेलेको निधन

एजेन्सी । महान ब्राजिलियन फुटबलर पेलेको निधन भएको छ । पेलेको ८२ वर्षको उमेरमा ब्राजिलकै एक अस्पतालमा बिहीबार राति निधन भएको बीबीसीले जनाएको छ । पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा गरी तीन पटक फिफा विश्वकपको उपाधि दिलाएका थिए । तीन पटक विश्वकप उपाधि जित्ने पेले एकमात्र खेलाडी हुन् ।

सन् २००० मा पेलेलाई फिफा प्लेयर अफ द सेन्चुरी घोषणा गरिएको थियो । पेलेले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका छन् । उनी पछिल्लो समय क्यान्सरबाट पीडित थिए । उनलाई नोभेम्बर २०२२ देखि साओ पाउलोको अल्बर्ट आइन्सटाइन हस्पिटलमा भर्ना गरिएको थियो

बिहीबार राति उनकी छोरी केली नासिमेन्टोले पिताको निधन भएको जानकारी गराएकी थिइन् ।

पेले’बारे रोचक किस्साहरु

ब्राजिलियन महान फुटबलर पेलेको निधन भएको छ । ८२ वर्षको उमेरमा उनको बिहीबार राति निधन भएको हो । उनी पछिल्लो समय क्यान्सरबाट पीडित थिए । उनलाई नोभेम्बर २०२२ देखि साओ पाउलोको अल्बर्ट आइन्सटाइन हस्पिटलमा भर्ना गरिएको थियो ।

पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा गरी तीन पटक फिफा विश्वकपको उपाधि दिलाएका थिए । तीन पटक विश्वकप उपाधि जित्ने पेले एकमात्र खेलाडी हुन् । सन् २००० मा पेलेलाई फिफा प्लेयर अफ द सेन्चुरी घोषणा गरिएको थियो । पेलेले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका छन् ।

विश्वप्रसिद्ध फुटबलर पेलेबारेका केही रोचक किस्साबारे यहाँ चर्चा गरिएको छ ।

सन् १९६८ जुन २८ मा बोगोटामा पेलेको क्लब सान्तोष र कोलम्बियन ओलम्पिक स्वाडबीच मैत्रीपूर्ण खेल चलिरहेको थियो । खेलका क्रममा रेफ्री गुलेर्मो वेलासक्वेज़ले पेलेलाई मैदान बाहिर जान भने । उनले फल गरेको आरोप थियो । त्यतिबेला रेर्ड कार्डको व्यवस्था थिएन । रेफ्रीको उक्त निर्णय निकै विवादित बन्यो । सान्तोषका खेलाडीले रेफ्रीलाई घेरे । दर्शकले पनि उनको विरोध गरे ।

सन् २०१० मा दिएको एक अन्तर्वार्तामा उनले सोही कारण आफू मैदान बाहिर जानु परेको बताएका छन् । उनले आफ्नो सिठी एक लाइन्समेनलाई दिएर बाहिरिएका थिए र पेलेलाई मैदानमा फिर्ता बोलाइएको थियो ।

सन् १९६० को दशकमा पेले सामेल सान्तोष विश्वको प्रसिद्ध क्लबमध्ये एक थियो । यसको फाइदा उठाउँदै यो टिमले विश्वभर मैत्रीपूर्ण खेल खेल्ने गरेको थियो । यस्तै एक खेल १९६९ फेब्रुअरी ४ मा नाइजेरियाको युद्धग्रस्त क्षेत्रमा भएको थियो । उक्त खेलमा सान्तोषले बेनिनि सिटीको एक स्थानीय क्लबलाई २-१ ले हराएको थियो ।

नाइजेरियामा गृहयुद्ध चलिरहेको थियो । ब्रजिलका खेलाडी सुरक्षा चिन्तामा थिए । यसकारण दुवै पक्षले युद्धविरामको फैसला गरे । पेलेको दोस्रो आत्मकथामा पनि यसबारे केही बताइएको थियो ।

युरोपियन क्लबबाट किन खेलेनन् ?

उनका आलोचकहरू युरोपियन क्लबमा नखेलेको भन्दै आलोचना गर्छन् । उनले रियल म्याड्रिड र एसी मिलानजस्ता क्लबको प्रस्ताव अस्वीकार गरेका थिए । यो खासमा उनको मात्रै हातमा पनि थिएन । उनी आबद्ध क्लब सान्तोषले पनि निर्णय गर्थ्यो । पेलेलाई ब्राजिलमै राख्ने दबाब सरकारको समेत थियो । १९६१ मा राष्ट्रपति जैनियो क्वॉड्रोसले नै भनेका थिए कि, ‘पेले राष्ट्रिय सम्पत्ति हुन् । उनलाई एक्सपोर्ट गर्न सकिँदैन ।’ तर उनी १९७५ मा एक विदेशी क्लबको हिस्सा बनेका थिए । उनले न्यू योर्कको कासमास नामक टिमबाट खेलेका थिए ।

५० वर्षको उमेरमा ब्राजिलको कप्तान

पेले एक पटक मात्र ब्राजिलको कप्तान बने । यसअघि उनले हरेक पटक क्लब र देशको टिमको कप्तानी गर्न अस्वीकार गरेका थिए । राष्ट्रिय टिमबाट सन्न्यास लिएको १९ वर्षपछि सन् १९९० मा उनले एक मैत्रीपूर्ण खेलमा कप्तानी गरेका थिए । ब्राजिलको प्रतिस्पर्धा ‘रेस्ट अफ द वर्ल्ड’ टीमसँग भएको थियो । उक्त खेल पेलेको ५० औँ जन्म दिनमा खेलाइएको थियो । पेले पहिलो हाफको ४५ मिनेट खेलेका थिए ।

जब पेलेलाई अपहरण गरियो !

सान्तोष क्लबका खेलाडी सन् १९७२ सेप्टेम्बर ५ मा ट्रिनिडाड एन्ड टोबागोमा खेलिने खेलमा जानेबारे खुसी थिएनन् । टिमका डिफेन्डर ओबेरेदानले ब्राजिलको एक पत्रिकामा भनेका थिए, ‘हामी खेल खेल्न र जित्न तयार थियौँ ।’ तर पेलेले ४३ औँ मिनेटमा गोल गरेपछि दर्शकहरू उत्तेजित भए । दर्शक मैदान छिरे र पेलेलाई उठाएर हिँड्न खोजे । पेलेलाई मैदानमा ल्याउन केही मिनेट लागेको थियो ।

गोलरक्षक भएरै खेलेका पेले

पेले गोलरक्षकको रुपमा खेलेपनि निराश बनाउँदैन थिए । सान्तोष क्लबमा हुँदा उनले चार खेलमा गोलरक्षकको भूमिका पनि निभाए । सन् १९६४ मा ब्राजिलियन कपका क्रममा उनी गोलरक्षक थिए र पेलेले कुनै पनि खेलमा एक गोल हुन दिएनन् ।

खेल मन्त्रीका रूपमा पेले

सन् १९९० मा पेलेले घोषणा गरेका थिए कि १९९४ मा ब्राजिलको चुनावमा उत्रिनेबारे सोचिरहेको छु । यो वास्तविकतामा हुन पाएन । तर पेलेले राजनीतिमा इन्ट्री जरुर गरे । उनी १९९५ देखि १९९८ सम्म ब्राजिलका खेल मन्त्री बने ।

उनले एउटा कानुन बनाउन अहम भूमिका लेखे जुन ब्राजिका खेलाडीलाई क्लब चुन्ने स्वतन्त्रता दियो । यस्तो जब पेले खेल्थे तब सम्भव थिएन ।

बीबीसी हिन्दीबाट अनुवादित ।