सयपत्री नेपाली कल्चरल ग्रुप यूकेका मुख्य नृत्य प्रशिक्षक कबिता घर्तिमगर गुरुङको कौडा गीत सार्वजनिक

लण्डन । सयपत्री कल्चरल ग्रुप यूकेक निर्देशक कबिता घार्तिमगर गुरुङले “तिमी मेरो पहिलो माया हो” बोलको अत्यन्तै राम्रो कौडा गीत सार्वजनिक गरेकी छिन् । कबिता र गणेश गुरुङको युगल स्वर रहेको उक्त कौडा चुटका अत्यन्तै रमाइलो तथा मनोमोहक किसिमले छायांकन गरेको छ । नेपाल सल्यान जिल्लमा जन्मेकी भई हाल बेलायतमा आफ्नो कर्म थलो बनाइरहेकी घर्ती मगरले सँस्कार र सँस्कृति झल्काउने कौडा गीत बजारमा ल्याएकी हुन् । अबिनाश थापामगर को शब्द तथा गणेश गुरुङको लय रहेको उक्त कौडा गीतको एरेन्ज भन्ने तेजेन्द्र दुराले गरेका हुन । मंगलम स्टोडियोमा रेकर्ड गरेको उक्त गीतको मिक्सिङ भने कृष्ण लामिछानेले गरेका हुन ।

गीतमा अभिनय शेखर घार्तिमगर र इना गुरुङले गरेका छन भने रमाइलो नृत्यको लागि अल स्टार कल्चरल ग्रुपका थुप्रै कलाकारहरुले साथ दिएका छन । गीतको छायंकन करण चौसिर गरेका हुन भने सम्पादन मेक बहादुर थापाले गरेका हुन । गीत रोधी डिजिटलले निर्माण गरेका हुन । गीतमा कोरियोग्राफ तथा निर्देशान् मनाङ गुरुङले गरेका हुन भने सह-कोरियोग्राफ सन्तोषी गुरुङले र श्रीङगारमा अनिमेश जोर्डनले सहयोग गरेका छन । गीत मगर संस्कार संस्कृतिसँग सम्बन्धित रहेको छ जहाँ दुलाह पक्ष दुलहीको घरमा केटी माग्न गएको देखाएको छ । गीतको पारीकल्पनाकार एल बि गुरुङ हुन । एल बि गुरुङ सयपत्री नेपाली साँस्कृतिक समुह यूकेका संस्थापक अध्यक्ष हुन ।

मगर र गुरुङ समुदायको र देशको कला, सँस्कार र संस्कृतिलाई संरक्षण गर्नुपर्छ र हाम्रो कला संस्कृति बिस्तारै हराउदै गएको र यस कला संस्कृतिलाई जोगाएर राख्नु पर्छ भन्ने उद्देश्यले यस किसिमको कला संस्कृति झल्केने गीत गीत दर्शक श्रोता समक्ष ल्याएको कुरा कबिता घार्तिमगर गुरुङले खबर यूकेका संस्थापक सदस्य ईन्द्र घोथानेलाई जानकारी गराउनुभयो ।

घर्ती मगर एउटा राम्रो नृत्यकार पनि हुन्, नेपालमा हुँदा घर्तिमगरले नृत्य प्रतियोगितामा प्रथम भई स्वर्गीय राजा बिरेन्द्र बिक्रम शाहबाट पुरस्कार प्राप्त गरेका थिए । उनी हाल बेलायतमा सयपत्री नेपाली कल्चरल समुहका मुख्य प्रशिक्षक हुन् र घर्ती मगरहरुले युकेभरी विभिन्न संघ सस्था लगायत लन्डन स्थित नेपाली राजुदतबासका कार्यक्रमहरुमा नृत्यहरु गरिसकेकी छिन् ।

मगर समुदायको मौलिकतामा आधारित रहेको यो गीत बजारमा ल्याउदा २२ वर्ष अगाडि रेडियो नेपालद्वारा प्रत्यक्ष गायन प्रतियोगितामा भाग लिएको स्मरण गरिन । बिदेशमा रहेर पनि नेपाली गीत संगीत, कला तथा संस्कृतिको संरक्षण र प्रबर्ध्दनमा लागि परेका कबिता घार्तिमगर गुरुङ एउटा सच्चा कलाकार हुन । नेपाली गीत संगीत, कला तथा संस्कृतिको संरक्षण र प्रबर्ध्दन गर्नलाई नै सयपत्री नेपाली कल्चरल ग्रुप यूकेको स्थापना गरी सञ्चालन गरेको कुरा गायिका घर्ती मगरले प्रष्ट्याइन ।

स्मरण रहोस्- तमु धि यूकेले हरेक बर्ष लण्डनमा आयोजना गर्ने नेपाली मेलाको नृत्य प्रतियोगितामा कबिता घार्तिमगर गुरुङ नियमित निर्णयाक (जज) मध्ये एक हुन ।

कौडा गीत सार्वजनिक