पोखरा सांगीतिक कलाकार संघको अध्यक्षमा हर्कराज गुरुङ सर्बसम्मत चयन

पोखरा । पोखरा सांगीतिक कलाकार संघ नेपालको सातौं अधिवेशनले अध्यक्षमा सर्बसम्मत हर्कराज गुरुङ (भाइ गुरुङ) चयन गरेका छन् । शनिबार दिउसो पोखरा ट्रेडमल स्थित क्लासिक चुलो रेष्ट्रोमा सम्पन्न भएको अधिवेशनमा हर्कराज अध्यक्षतामा सर्वसम्मत चयन हुनुको साथसाथै नयाँ कार्यसमिति गठन गरिएको छ ।

त्यसइगरी सघंको उपाध्यक्षमा टोपबहादुर खत्री, सचिवमा भाष्करध्वज श्रेष्ठ, कोषाध्यक्षमा शान्तरत्न बज्राचार्य र सह–सचिवमा विनोद वानियाँ चयन भए । यसैगरी सदस्यमा ईन्द्र बहादुर गुरुङ, आनन्दराज बज्राचार्य, अमित गुरुङ र रोहनजंग कार्की छानिए । थप रिक्त दूई सदस्य कार्यसमितिले मनोनयन गर्नेछ । वरिष्ठ संस्कृतिकर्मी तथा गीतकार तीर्थ श्रेष्ठको संयोजकत्वमा गठित निर्वाचन समितिले सर्वसम्मत नेतृत्व चयन गर्न सफल भएको हो । निर्वाचन समितिको अन्य सदस्यमा संस्थाका सल्लाकार शेरबहादुर गुरुङ र ज्ञानबहादुर थापा रहेका थिए ।

यसअगाडि संघको १४ औं साधारण सभा तथा सातौं अधिवेशनमा बोल्दै गीतकार तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले पोखराका गीतकार, संगीतकार तथा गायकलाई एकसाथ देख्ने रहर भएको कुरा बताए । ‘गीतको लागि आवश्यक पर्ने तीन तत्व एकसाथ देख्ने रहर छ सबै टीमको तालमेल नभएर गीत राम्रो भएन’ उनले भने । श्रेष्ठले सांगीतिक क्षेत्र अव्यवस्थित भएकोले संगठित हुनुपर्नेमा जोड दिए । कलाकारको आम्दानीको श्रोत पहिला भन्दा घटेको र हुने गरेका स्टेज कार्यक्रमा समेत केही व्यक्तिको मात्र पहुँच पुग्दासमस्या भएको औल्याए । केही राम्रा कार्यक्रम ल्याएर पोखराको सांगीतिक क्षेत्रमा नयाँ भाइब्स ल्याउनुपर्नेमा उनको जोड थियो । संस्थागत रुपमा संवाद र संगत गर्दै अगाडि बढेमा लक्ष्यमा पुग्न सकिने भनाई समेत उनले राखे ।

खबर यूकेका संस्थापक सदस्य ईन्द्र घोथानेले उपाध्यक्ष टोप बहादुर खत्री (तेज); देउराली ब्याण्डको संस्थापक सदस्यलाई संघको उध्देस्य र कार्यहरुबारे प्रश्न गर्दा बिशेष गरेर कलाकारहरुको समग्र हकहितको लागि संस्थाले बिभिन्न परोपकारी कार्यहरु संचालन गर्दै आइरहेको कुरा बताउनुभयो ।

पोखरा सांगीतिक कलाकार संघ नेपालका अध्यक्ष हर्क बहादुर थापा क्षेत्री (सुनिल थापा) को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष हर्कराज गुरुङले गरेका थिए । राजेन्द्र अधिकारीले पेश गरेको सचिवको प्रतिवेदन र शान्तरत्न बज्राचार्यले पेश गरेको कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित भएको थियो । कार्यक्रमको सञ्चालन सचिव राजेन्द्र अधिकारीले गरेका थिए ।

बिधिवत २०६२ साल पुसमा स्थापित संघमा हाल पोखराका ३८ जना संगीतकर्मी सदस्य रहेका छन् । हालसम्म संघको नेतृत्व दीपक भट्टराई, श्यामशुङ तामाङ र हर्क बहादुर थापा क्षेत्रीले कुशलतापूर्वक पुरा गरेका छन् । नवनिर्वाचित अध्यक्ष हर्कराज गुरुङले सबैको साथ सहयोगमा संघलाई थप नयाँ उचाईमा पुर्याउने प्रतिवद्धता गरेका छन् ।