स्वर्गीय दमन गुरुङको ४९औं दिनको पुन्य तिथिमा ट्हुन्टा पूजापाठ/अर्घौ सम्पन्न

शिवशरण गुरुङ –लन्डन

तमु समाज यूकेको संस्थापक अध्यक्ष तथा समाजसेवी चित्र बहादुर गुरुङको स्वर्गिय छोरा दमन गुरुङ स्वर्गारोहण भएको ४९औं दिनको पुण्य तिथिमा बौद्ध संस्कार अनुसार लण्डन ह्यारो लेजर सेन्टरमा गत मे ३१ तारिख २०२२ साल मंगलबार ट्हुन्टा च्यह्म्पर पूजापाठ, बत्ति बाल्ने र शुद्धिकरण (चोखिने) कार्यक्रम बिधिवत सम्पन्न भएको छ ।

प्रात स्मरणीय श्री दमन गुरुङ प्रति हार्दिक भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्न ठुलो संख्यमा आफन्तजन, ईस्टमित्रगणहरु तथा बिभिन्न संघ संस्थाका नेपाली जनसमुदय लण्डनको ह्यारो लेजर सेन्टर स्थित बाईरोन हलमा उपस्थित भएका थिए ।

४९औं दिनको पुजा कार्यक्रममा गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहा मगर, काउन्सिलर कमल गुरुङ, काउन्सिलर जित राना भाट, काउन्सिलर लक्ष गुरुङ लगायत बिभिन्न संघ संस्थाका नेतृत्व बर्ग, पदाधिकारि, प्रतिनिधि तथा महानुभवहरुको सहभगिता रहेको थियो । तमु समाज युकेको अध्यक्ष शिव कुमार गुरुङको संयोजन तथा महासचिब धरम बल गुरुङले संचालन गरेको पूजा कार्यक्रममा तमु समाज युके, सोंपाल समाज युके र चक्रपथ युथ क्लबका युवाहरुको सहयोग रहेको थियो ।

नेपालमा गण्डकी प्रदेश, स्यङजा जिल्ला, आँधिखोला गाउँपालिका सिरुबारि कुर्ले घर भई हाल संयुक्त अधिराज्य बेलायतको ह्यारो विल्डस्टोन लन्डनमा बस्दै आउनु भएका तमु समाज युकेका आजीवन सदस्य प्रात स्मरणिय श्री दमन गुरुङ कलकलाउदो युवा अवस्थामै मिति २०२२ अप्रिल १३ तारिक बुधबारका दिन अल्पआयुमै असामयिक निधन हुनुभएको थियो ।

तमु समाज युकेका संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ तथा जयन्ति देबि गुरुङका एक मात्र सुपुत्र स्वर्गिय दमन गुरुङ वहाँमा निहित बाल बच्चाको निम्ति अत्यन्तै कुसल अभिभावक, पत्‍निका निम्ति अति मायालु पति, माता पिताका निम्ति कर्तब्य परायण तथा निष्ठावन सुपुत्र र अफन्तजन तथा साथि भाईका निम्ति सदाशयता सहित सुमधुर सदभावको ब्यबहार गर्ने कहिल्यै बिर्सन नसकिने अनमोल गुणहरुले भरिपूर्ण युवा ब्यक्तित्व हुनुहुन्थ्यो ।

मानबिय जिवन पद्दतिमा जन्म पछिको मृत्यु आनिबार्य रहेर पनि श्री दमन गुरुङको अल्पआयुमा भएको असामहिक तथा अकल्पनिय स्वर्गरोहणले सबैलाई अत्यन्तै मर्महात, सोकाकुल र स्तब्ध तुल्याएको छ ।

बौद्ध परंपरा तथा संस्कार अनुसार ४९औं दिनको ट्हुन्टा कार्यक्रममा मुल गुरु डा. ग्याल्जे शेर्पा खेन् रिम्पोछे लगायत अन्य दुई लामा गुरुहरु लोपेन फुर्बा र लामा मिङमार बाट स्वर्गिय दमन गुरुङको आत्मामा चिर शान्तिको प्रार्थना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै पूजापाठ गरि च्यह्म्पर दहन गरेका थिए।साथै कार्यक्रममा उपस्थित सबैले प्रात स्मरणीय दमन गुरुङ सदा देवाचन बुद्ध भगवानको काखमा बास होस भनि प्रार्थना गरि १ मिनट मौन धारण गरेका थिए ।

लाम गुरुहरुबाट बिधिवत गरिने ट्हुन्टा पूजापाठ र प्रवचन सकिएपछि सोकसन्तप्त परिवारका कर्ताहरुलाई तमु संस्कार अनुसार आस्यों बाट टिका प्रदान गरि शुद्धिकरण(चोखिने)कार्य, कर्ताहरुबाट पुजा संचालन गर्ने धर्म गुरुहरुलाई दान दिई बिदाई गर्ने र जुवाई चेलीहरुलाई दान दक्षिणा प्रदान गर्ने कार्यक्रम रहेको थियो ।

कार्यक्रममा सोकसन्तप्त परिवारका प्रमुख व्यक्तित्व श्री चित्र बहादुर गुरुङको तर्फबाट ओम गुरुङले स्वर्गिय दमन गुरुङ स्वर्गारोहण भएको दिन देखि ४९औं दिनको पुजा सम्मको अत्यन्तै पिडादयी दु:खद समयमा बिभिन्न प्रकारका सहयोग प्रदान गर्नुहुने, सहनुभुति तथा समवेदना प्रकट गर्नुहुने आफन्तजन तथा मित्रगणहरु संघ संस्था र समाजका ब्यक्तित्वहरु, बिभिन्न आमा समूहका आमा दिदिबहिनिहरु, चक्रपथ युवा क्लबका युवाहरु र सबै श्रद्धेय महानुभावहरुलाई आभार सहित हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।

यसैगरि ४९औं दिनको पुजा कार्यक्रमको अन्तमा सोक सन्तप्त परिवारबाट स्वर्गिय दमन गुरुङको स्मृतिमा बिभिन्न संघ संस्था समाज तथा बौद्ध गुम्बाहरुलाई आर्थिक दान प्रदान गरेका थिए।दान प्राप्त गर्ने संघ संस्था समाज तथा बौद्ध गुम्बाहरुमा बुद्धिष्ट कम्युनिटी सेन्टर युके, रेडिङ बुद्धिष्ट गुम्बा, थाउजन्ड बुद्ध युके, डाईमन्ड बुद्धिष्ट सेन्टर युके, तमु धिं युके, तमु समाज युके, दक्षिण पूर्बि क्षेत्रिय तमु धिं लन्डन, सोंपाल समाज युके, कोने घोन्डे घोताने समाज युके, तमु समाज युके आमा समूह र गोर्खा मेडिय युके रहेका थिए ।

कार्यक्रममा सोक सन्तप्त परिवारबाट प्रात स्मरणिय दमन गुरुङको स्वर्गारोहण देखि ४९औं दिनको अन्तिम ट्हुन्टा पुजा कार्यक्रमको समापन सम्म बिषेस भुमिका निर्बाह गर्ने तमु समाज युकेका अध्यक्ष शिव कुमार गुरुङ र स्पोर्ट तथा खाध्य सचिब हरिमान गुरुङलाई भाङग्र ओडाई हार्दिक धन्यवाद दिएका थिए ।

बिहान ९:३० बजे आरम्भ भई बेलुका ६ बजे सकिएको ४९औं दिनको ट्हुन्टा पुजा कार्यक्रम कार्यक्रममा खाने र पेय पदार्थको ब्यबस्थापन मामा रेष्टुरेन्ट हउन्स्लो र तमु समाज युके आमा समूहले गरेका थिए ।

स्वर्गिय दमन गुरुङको ४९औं दिनको पुण्य तिथिमा गण्डकी प्रदेश स्यङजा जिल्ला आँधिखोला गाउँपालिका सिरुबारि कुर्ले गाउँको निवासमा पनि श्री डम्बर बहादुर गुरुङ, मेजर लिल बहादुर गुरुङ र लामा हिता गुरुङको संयोजकत्वमा पुजा पाठ गरि भाईखलक शुद्धिकरण(चोखिने) कार्य सम्पन्न भएको छ ।

सोकको यस दुखद समयमा पुत्र सोकमा रहनुहुने तमु समाज युकेका श्रद्धेय संस्थापक अध्यक्ष श्री चित्र बहादुर गुरुङ तथा श्रीमती जयन्ती देवि गुरुङ र पति सोकमा रहनुहुने श्रीमती ममता गुरुङको शोक सन्तप्त परिवारजनलाई यो अपुरणिय क्षतिको पिडा बहन तथा धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरुन खबर यूके टीम गहिरो समबेदना व्यक्त गर्दछौं ।