तमु समाज युकेद्वारा २५६६औ बुद्ध जयन्ती भब्यताकासाथ सम्पन्न

शिवशरण गुरुङ

लन्डन, वेम्बली । शान्तिका अग्रदुत, एशियाका तारा तथा नेपालका राष्ट्रिय बिभूती भगवान गौतम बुद्धको जन्म, बोधिलाभ (बुद्धत्व प्राप्ती) तथा महापरिनिर्वाण भएको पुण्य तिथि बैशाख पूर्णिमा तथा बुद्ध जयन्तीको पावन अवसरमा तमु समाज युकेले शनिवार २१ मे २०२२का दिन २५६६औ बुद्ध जयन्ती पुजा कार्यक्रम लन्डन वेम्बली बरहाम पार्क स्थित तमु समाज युके नेपलीज कम्युनिटि सेन्टरमा भब्यताका साथ मनाएका छन ।

आमा समूहको सहयोग, खेलकुद तथा खाध्य सचिब हरिमान गुरुङ संयोजकत्व र अध्यक्ष शिव कुमार गुरुङको सभापतित्वमा सम्पन्न बुद्ध जयन्ती पुजा कार्यक्रमको प्रमुख अतिथि तथा मुल गुरु परम पुज्यनिय डा. ग्यल्जे सेर्पा खेन रिम्पोछे रहनु भएको थियो । पुजा संचालनमा अन्य लामा गुरुहरुमा लोपेन फुर्बा तेन्जि, बाबु सिङ्गे लामा, दावा नोर्बु, स्यानु लामा र मिङमार लामा संलग्न रहेका थिए ।

प्रमुख अतिथि तथा गुरु परम पुज्यनिय डा. ग्यल्जे सेर्पा खेन रिम्पोछेलाई कार्यक्रम स्थलमा भव्य स्वागत गरे पस्चात प्रमुख अतिथि, समाजका अध्यक्ष र आमा समूहको अध्यक्षले संयुक्तरुमा दिप प्रज्वलन गरि शुभारम्भ गरिएको बुद्ध जयन्ती पुजा कार्यक्रममा तमु समाज युकेका पूर्ब अध्यक्ष शिव शरण गुरुङ, सल्लाहकार तथा काउन्सिलर कमल गुरुङ लगायत अन्य सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारिहरु तथा सदस्यहरु, आमा समूहका अध्यक्ष उमा देवि गुरुङ र अन्य पदाधिकारि तथा आमा दिदिबहिनिहरु, थाउजेन्ड बुद्ध युकेका प्रथम महिला ध्रुव गुरुङ लगायत आमा दिदिबहिनिहरु र लण्डन वरपरका नेपाली जेष्ठनागरिकहरु र श्रद्धालु भक्तजनहरुको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो ।

तमु समाज युकेले स्थापनाकाल देखि निरन्तररुपमा बैशाख पूर्णिमा तथा बुद्ध जयन्तीको आवसरमा बुद्ध जयन्ती पुजा संचालन गर्दै आएको छ। बिगतका बर्षहरुझै यस बर्षको बैशाख पुर्णिमा तथा २५६६औ बुद्ध जयन्ती पुजा कार्यक्रम पनि आमा समूहको सकृयतामा निशुल्क प्रवेश र निशुल्क खानापिनको ब्यबस्थापन तथा केटरिङ पनि आमाहरु आफैले गरेका थिए । यसका निम्ति समूहका सबै आमा दिदिबहिनिहरु दिलोज्यानले सकृयतका साथ मन बचन र कर्मले कार्यक्रम आयोजनामा जुटनु भएको थियो ।

बिगमा जस्तै यस पटक पनि बैशख पुर्णिमा तथा २५६६औ बुद्ध जयन्ती पुजा कार्यक्रम आयोजनको निम्ति थुप्रै दानबिर महानुभावहरुले स्वस्फुर्त श्रद्धाभावले आर्थिक, भोजन, पेय पदार्थ र अन्य आवस्यक पुजा सामाग्रिहरु प्रयोजन तथा दान सहयोग स्वरुप उपलब्ध गराएका थिए ।

बिहान १०:०० बजे आरम्भ गरिएको बुद्ध जयन्तीको बिषेस पुजापाठमा परम पुज्यनिय गुरु डा. ग्यल्जे सेर्पा खेन रिम्पोछेले बुद्ध जयान्तीको महत्व, बुद्ध धर्म, बुद्धका उपदेश र सादगी जिवनको बारेमा महत्वपुर्ण प्रवचान दिनुभएको थियो। प्रबचन र पुजा कार्यक्रमको अन्तमा उपस्थित सबै भक्तजनहरुले परम पुज्यनिय खेन रिम्पोछे गुरु तथा श्रद्धेय लामा गुरुहरुबाट अभिषेक र प्रसाद ग्रहण गरेका थिए ।

तमु समाज युकेका महासचिब धरमबल गुरुङले संचालन गरेको कार्यक्रममा आमा समूहका उपाध्यक्ष उमा देवी गुरुङले स्वागत मन्तब्य र अध्यक्ष शिव कुमार गुरुङले धन्यबाद मन्तव्य राखेका थिए।यसैगरि हेल्थ एण्ड सेफ्टिबारे माहासचिब धरमबल गुरुङले जानकारि दिएका थिए र कोषाध्यक्ष खेम बहादुर गुरुङले कार्यक्रममा भोजन तथा पेय पदार्थको दान, आवश्यक बिविद सामग्रिहरुको प्रायोजक तथा आर्थिक सहयोग गर्ने दाताहरुको नामावली धन्यबाद ज्ञापन सहित पढेर सुनाएका थिए ।

शान्ति तथा मोक्षा प्राप्ति र भगवान बुद्धको श्रद्धा र भक्ति भावका निम्ति आयोजना गरिएको २५६६औ बुद्ध जयन्ती पुजापाठ कार्यक्रमको प्रमुख अतिथि तथा प्रमुख गुरु परम पुज्यनिय डा. ग्यल्जे सेर्पा खेन रिम्पोछेज्यु नेपालमा हालसालै प्रकाशित आवश्यक धर्माचार्य दैनिक साधना पुस्तक (Daily Prayer Book) को संकलक तथा सम्पादक हुनुहुन्छ। तिन भाषा (भोट, नेपाली र अंग्रेजी) मा उल्लेखित उक्त दैनिक साधना पुस्तकले नेपाली बौद्ध साधक बर्गहरुलाई साधन गर्न अति सरल बनाएको छ र नेपाली समाजमा बौद्ध धर्मको प्रचार प्रसार गर्नमा ठुलो योगादान पुराउनु भएको छ। यस धार्मिक ग्रन्थको माध्यम बाट प्राणि जगतको सुख, हित र काल्यणको एउटै मात्र हेतु रहेको पवित्र बुद्ध धर्म सारा जगतमा फैलाएर सुख शान्ति कायम गर्नमा महत्वपुर्ण सहयोग पुराउनु भएकोले परम पुज्यनिय डा. ग्यल्जे सेर्पा खेन रिम्पोछेलाई समाजका अध्यक्ष शिव कुमार गुरुङ तथा आमा समूहका अध्यक्ष उमा देवि गुरुले हार्दिक बधाई तथा शुभकामना ज्ञापन सहित तमु समाज युकेको तर्फबाट खादा प्रदान गरि सम्मान गरेका थिए। यसै गरि आवश्यक धर्माचार्य दैनिक साधना पुस्तक प्रकाशनको सम्पूर्ण आर्थिक खर्चको प्रायोजन गरि निशुल्क पुस्तक बितरण गर्नुहुने श्रीमती आशु गरुङलाई पनि सम्मान गरेका थिए।कार्यक्रममा परम पुज्यनिय गुरु डा. ग्यल्जे सेर्पा खेन रिम्पोछेज्यु बेलायत भ्रमणमा आउनुको लागि बिविद आर्थिक सहयोग उपलब्ध तथा प्रायोजन गर्नुहुने थाउजन्ड बुद्ध युकेका जुठि गरुङ, लछिमि गुरुङ, आशु गुरुङ र मदन गुरुङ लगायत अन्य आमा दिदि बहिनिहरुलाई धन्यबाद सहित सम्मान गरेका थिए ।

सम्मानकै क्रममा गत मे ५ तारिक सम्पन्न बेलायतको स्थानिय निर्बाचनमा काउन्सिलर पदमा निर्वाचित हुनुभएका तमु समाज युकेका सल्लाहकार तथा काउन्सिलर कमल गुरुङलाई पनि हार्दिक बधाई ज्ञापन सहित सम्मान गरेका थिए ।

अहिंसा, सत्य र संमयम लाई मूल मंत्र ठानेर सदैब सदभाव र सत्कर्ममा लागी जिवन बिताउनुनै बुद्धधर्मको सार संक्षेप हो। यिनै कुरालाई बुझेर सत्य मार्गमा लागी कुबिचार, कुदृष्टी, कुसंस्कार र कुलत बाट टाढ रहेर मात्र हामिले पबित्र तथा सरल जिवन प्राप्त गर्न सकिन्छ र मनमा डाहा र डर बाट सहज ढंगले मुक्ति पनि पाउन सकिन्छ। पिडा र भय मुक्त मानबको मनमा मात्रा सधै शान्ति छाउछ। शान्ति बाट मात्रा मानिसले बिकास र मोक्षा प्राप्त गर्दछ, बुद्धले भनेका छन्। मानवता, शान्ति, प्रेम, खुसी, सदभव र मित्रताको सन्देश संसार भरि फैलाउने भगवान बुद्धको श्रद्धाका निम्ति र मानव तथा प्राणि जगतमा सबैको मोक्षा प्राप्तिका लागि तमु समाज युकेले आयोजना गरिएको २५६६औं बुद्ध जयन्ती पुजापाठ कार्यक्रम भब्यताकासाथ सम्पन्न भएकोमा आयोजक समिति तथा उपस्थीत सबै भक्तजनहरुले खुशी ब्यक्त गरेका थिए ।

२००७ सालमा स्थापना भई २०१२मा बेलायतको च्यरिटि कमिसनमा औपचारिक रुपमा दर्ता भएको यस पबित्र संस्था तमु समाज युकेले बेलायतका सबै तमुहरु बिचको पारस्परिक सम्बन्धलाई प्रगाढ, सबल र सुमधुर बनाउदै संस्थागत रुपमा एक अर्कालाई सहयोग गर्न र हाम्रा भावि पुस्ताहरुमा हाम्रो संस्कार, सस्कृति, धर्म र पहिचानलाई दिगो स्थापित बनाई राख्न समाज सधैं तत्पर रहेको छ । समाजले बुध्द जयन्तिको सुखद उपलक्ष्यमा समस्त भक्तजन तथा नेपालीहरुमा सुख, शान्ती तथा समृद्धिको मंगलमय शुभकमना ब्यक्त गरेको छ ।