एनआरएनए यूकेको अध्यक्षका प्रत्यासी दिपक श्रेष्ठसंग खबर युकेले गरेको अन्तर्वाता
नेपालमा कपिलबस्तु घर भइ २००७ साल देखि साउथ इष्ट लन्डन बस्दै आउनुभएका दीपक श्रेष्ठ एक सफल व्यवसायी तथा सामाजिक अभियान्त हुन् । व्यवस्थापन बिषयमा स्नाकोत्तर अध्ययन गर्दागर्दै व्यपार व्यवसायमा लागेका दीपक यूकेका नेपालीहरुबिच सुपरिचित नाम हुन् । बिशेष गरेर बुद्ध पुर्णिमाको अबसर पारेर बुद्ध फाउन्डेसन यूकेले लण्डनको मुटु ट्राफलगर स्क्वयारमा बर्षिनी आयोजना गरिने बुद्ध जयन्ती कार्यक्रमको प्रमुख आयोजकको रुपमा दिपकलाई चिनिन्छ । कपिलबस्तु समाज यूकेको र बुद्ध फाउन्डेसन यूकेको संस्थापक अधक्ष्य, पासा पुचः गुठी यूकेको भुपु सह कोषाध्यक्ष, एनआरएन यूकेको भुपु कोषाध्यक्ष र एनआरएन यूके इंगल्याण्ड राज्य समन्वय परिषदको बर्तमान अध्यक्ष दिपक मिजासिलो, मिलनसार र शिष्ट व्यक्तित्वको रुपमा साथीभाईहरु विच चिनिनुहुन्छ ।
सानैदेखि समाजसेवामा रुचि राख्ने दीपक बेलायत आउनुभए पछि समाजसेवामा झन बढि कृयाशील हुनुभयो । यिनै समाजसेवी दीपकले एनआरएनए यूकेको आसन्न निर्बाचनमा अध्यक्षको लागि उम्मेदवारी दिनुभएको छ । एनआरएनए यूकेको अध्यक्ष किन र केका लागि भनी समसामयिक बिषयमा दीपक श्रेष्ठसंग खबर यूकेले कुराकानी गरेको थियो । कुराकानीको प्रमुख अंशहरु—
सामाजिक सेवामा लाग्नुको कारण र समाजसेवामा तपाईको छोटो पृष्ठभुमिबारे प्रकाश पारीदिनुहोस न..
सायद म मात्र होइन होला, प्राय प्रबासी नेपालीहरुलाई जब मातृभुमी छोडेर बिदेशिन्छौं, बिदेशमा हुँदा मातृभुमीको बिशेष माया लाग्ने रहेछ यद्यापि बिदेशिनुको कारण सबैको अआफ्नो रहर र बाध्यता होला । जब यूके आएँ, नेपालसँग सम्बन्धन केही गरौं भन्ने लाग्यो त्यही भावनाले गर्दा यूके स्थित संघसंस्थाहरुसंग आबद्ध भएँ र सकेको समाजसेवाहरु गर्दै आइरहेँ । २००७ मा पासा पुचः गुठीमा सहकोषाध्यक्षको रुपमा काम गरे । विदेशमा भए पनि नेपाली भेषभुषा, भाषा र कला संस्कृति आदि पहिचानका महत्वपुर्ण चिजहरुलाई यदि हामीले हाम्रो नयाँ पिंढीलाई सिकाउने र हस्तन्तरण गर्न सकेनौं भने यो हराए जान्छ भन्ने कुराले मलाई चिन्ता लागिरहन्थ्यो र यस सम्बन्धमा केही गरौं भन्ने लाग्थ्यो । संगसंगै बुद्ध, सगरमाथा र नेपालको कयौं कला संस्कृति आदि जुन नेपाल चिनाउने प्रमुख धरोहर हुन् ती बस्तुहरुको र ठाउँहरुलाई चिनाउनु पर्दछ, प्रचार प्रसार गर्नुपर्दछ भन्ने पनि लागिरहन्थ्यो त्यसैको फलस्वरुप बुद्ध फाउन्डेसन यूकेको आवधारणा प्रादुर्भाब भई यस संस्थको स्थापना गरेँ । बुद्ध फाउन्डेसन यूकेले हरेक बर्ष बुद्ध पुर्णिमाको दिन लन्डनको मुटु ट्राफलगर स्क्वायरमा बुद्ध जयन्ती मनाइरहेका छौं । यस बाहेक बुद्ध फाउन्डेसन यूकेले २०१५ मा नेपालमा गएको महाभुकम्प समयमा धेरै सहयोग गर्यौ ।
एनआरएनए यूकेमा कहिलेदेखि र किन लाग्नुभएको थोरै बताइ दिनुहोस…
एनआरएनए यूकेमा सन २०१३ देखि औपचारिक रुपमा सदस्य बने यद्यापि त्यो भन्दा पहिला एनआरएनए यूकेको बारेमा जानकार नभएको भने होइन । त्यसपछि २०१५—२०१७ मुक्षेत्र गुरुङ्ग अध्यक्ष भएको कार्यसमितिमा कोषाध्यक्ष भएर सेवा गर्ने मौका पाएँ । एनआरएनए एउटा अधिकारिक, साझा र बृहत संस्था भएकोले यसै संस्थामार्फत केही गरौं भन्ने लाग्थ्यो र बढि कृयाशील भएँ । कार्यसमितिमै नरहेता पनि प्रत्यक्ष परोक्ष संस्थको गतिबिधिहरुमा संलग्न भइरहेँ र अहिले इंगल्याण्ड राज्य समन्वय परिषदको अध्यक्षको रुपमा सेवा गरिरहेको छु । इंगल्याण्ड राज्य परिषदको अध्यक्ष भएपछि सुरुमै एनआरएनको कार्ड बाडेँ जुन कामको लागि निकै सकस गर्नुपरयो । त्यस्तै कोभिडको बेला स्वास्थ्य सामग्रीहरु बाँडे र पछिल्लो समय— बेलायतमा गत मार्च महिनामा सम्पन्न भएको जनगणना बिशेष सहयोग अनि प्रचार प्रसार गरे । सबै कार्यमा टीमका सदस्यहरु र साथीभाइहरुले एकदमै सहयोग गर्नुभयो उहाँहरुलाई धेरै धन्यबाद दिन चाहान्छु ।
एनआरएनए यूकेमा किन अध्यक्ष बन्न लाग्नुभएको ? तपाइको उद्धेय, मुध्दाहरु, योजनाहरु के के छन ?
जहाँसम्म एनआरएनए यूकेको अधक्ष्यमा मेरो उम्मेदवारी किन भन्ने सन्दर्भमा सर्बप्रथम त म समाजसेवा गर्नलाई नै जन्मेको हुँ जस्तो लाग्छ । नेपालमा हुँदा थोरै मात्रमा सामाजिक कार्यमा लागे पनि यहाँ यूके आएपछि बढि संघसंस्थाहरुसंग सम्बन्धन भइयो र समाजसेवा प्रतिको मोह बढेर आयो । समाजसेवा गर्दा कुनै व्यक्ति, जाती र पार्टी बिशेष भन्दा माथी उठेर समग्र समाजको (यूकेबासी सबै नेपालीहरुको) सेवा गर्नुपर्दछ भन्ने मुल मान्यता छ मेरो । यसै कुरालाई मनन गर्दै व्यक्ति, जाती र पार्टी बिशेषको भन्दा समग्र बेलायतबासी नेपालीहरुको लागि केही गरुँ भन्ने लाग्यो । यसका लागि एनआरएनए यूके एउटा ठुलो र अधिकारिक संस्था (प्लेटफर्म) जसबाट समग्र बेलायतबासी नेपाली र नेपालकै लागि पनि केही गर्न सकिन्छ । त्यसैले अधक्ष्य बनेर अरु बृहत समाजसेवा गर्ने चाहनाले नै म एनआरएनको अधक्ष्य बन्ने अभिलाषा राखेको हुँ ।
बुँदागत रुपमा तपाईको मुध्दाहरु ?
मेरो मुध्दाहरु र कार्ययोजनाहरु के हुन भन्दा, खासै त्यस्तो एकदमै ठुलो र महत्वकांक्षी योजनाहरु त छैन तर पनि केही मुध्दाहरु र योजनाहरु अवश्य छन् ।
सर्बप्रथम त— एनआरएनए यूकेलाई गैर राजनीतिक संस्थाको रुपमा स्थापित गर्न चाहन्छु, (यसो भन्नुको मतलब एनआरएनए यूके राजनीतिक संस्था हो भनेको होइन नि !) चुनाबको समयमा बिबिध कारण र बाध्यताबस प्यानल (समुह) बनाएर चुनाबमा प्रतिस्पर्धा गरिएता पनि चुनाब सकिएपछि दुबैतर्फका सबै बिजेता पदाधिकारीसंग मेलमेलाप गरी राम्रो टीम बनाएर काम गर्ने मेरो पहिलो प्राथमिकता हुनेछ । दोस्रो— मलाई लागेको, नेपाल बेलायत लगायत प्राय देशहरुले हरेक दश बर्षमा जनगनणा गर्ने गर्दछ, बेलायतमा पनि अस्ति भर्खर मात्र जनगनणा सम्पन्न भयो त्यस जनगनणामाबाट यूकेमा नेपालीहरुको संख्या मोटामोटी हामीले थाहा पाउँछौं होला तर मलाई चाहिं एनआरएनए मार्फत हामी नेपालीहरुको हाम्रै प्रयोगको लागि को—सेन्सस (साहयक जनगनणा) गर्ने मन छ जसले गर्दा हामी नेपालीहरुले बेलायतमा कुनै पनि योजनाहरु बनाउँदा सहयोग पुगोस् वा होस् । एनआरएनए यूके मार्फत तथ्यान्कहरु उपलब्ध गराउन सकोस् भन्ने लागेको छ । तेस्रो— एनआरएन यूकेको छुट्टै सम्पर्क कार्यलय खोल्ने बिषयमा मुर्त दिनेछु । चौथो— विबिध कल्याणकारी वा परोपकारी कामहरु योजनाहरु छन् ।
त्यस्तै युवाहरुको लागि विभिन्न कार्य योजनाहरु संचालन गर्ने लक्ष्य छ । अन्त्यमा गोरखाहरु समस्य र नेपाली नागरिकताका निरन्तरताको मुध्दा त छोडने कुरा नै आएन वा भएन ।
थोरै एनआरएनए यूकेको आर्थिक पाटोबारे तपाईको योजनाहरु के के छन प्रष्ट पारीदिनुहोस न… बिशेष गरेर आर्थिक सुधार, आयआर्जन र पारदर्शिताको बारे तपाईको के योजना छ ?
संस्थाले आय आर्जनको श्रोत स्थापना नगरेसम्म आर्थिक काम परेको समयमा संस्थाको सदस्य शुल्क लगायत संस्थाले गरिने नाफा मुलक कार्यक्रमबाट बचेको आम्दनी हो तर एनआरएनएको सम्बन्धमा त्यस्तो बचत वा नाफामुलक कार्यक्रम कमै गरिएको छ जस्तो लाग्छ । त्यसैले संस्थाको कोषमा एकदमै पैसा छ जस्तो लाग्दैन र सहयोग गर्नुपर्ने समय आइपरेमा कार्यसमितिका सदस्यहरु र जनमानसबाटै उठाएर वा आर्थिक रकम संकलन गरेर सेवा गरिरहेको अवस्था हो । एक किसिमको बाध्यता छ संस्थालाई । तर, यस प्रबृत्तिबाट सकेसम्म चाँडै मुक्ती गराउने कोशिस गर्नेछु । आर्थिक सुधार र पारदर्शिताको कुरा मेरो अर्को प्रमुख प्रयास रहनेछ ।
आर्थिककै कुरा गर्दा हामीहरु सबैलाई अबगत भएकै कुरा हो, संस्थामा आर्थिक घोटाला भयो भनेर मुध्दा आदलतमा जारी छ, के आर्थिक घोटाला भएको हो ?
आर्थिक घोटाला भयो भन्ने त लाग्दैन, जहाँसम्म रकम नै तोकेर जसरी चार करोडको कुरा गरिएको थियो मलाई त्यो स्तरमा वा त्यसरी घोटाला भएको जस्तो लाग्दैन किनकि जत्ति पनि सदस्य शुल्क उठेको थियो त्यसको आधा त आइसीसीलाई बुझाउनु पर्ने हुन्छ । साथै चुनाबी र प्रशासकिय/अत्तिरिकत खर्चहरु छदैछ । अर्कोतर्फ संस्थाले एकदमै नाफा हुने खालको कार्यक्रम गरे जस्तो नि लाग्दैन । त्यसैले घोटाला नै भयो भने चाहिं लाग्दैन यद्यापि आर्थिक छानबिन समितिले औंल्याए जस्तो खर्चहरु गर्दा लापरबाही भने भयो होला ।
एनआरएनए यूकेको नेपाल हाउसको सम्बन्धमा तपाईको योजना ?
बास्तबमा मुक्षेत्र गुरुङ्ग अध्यक्ष र म कोषाध्यक्ष हुने बेला नेपाल हाउसको लागि अलिकति भए पनि सहयोग रकम जम्मा गरेका थियौं । यस परियोजना सम्बन्धमा मेरो ठुलो लगाव छ । त्यसैले यदि सबैको साथ र सहयोग पाएर अध्यक्ष भयो भने नेपाल हाउसलाई मुर्त रुप दिनेछु ।
अरु प्रतिस्पर्धीहरु भन्दा तपाईमा के फरक ?
म अरु प्रतिस्पर्धीहरुको बारेमा खासै प्रतिक्रिय गर्दिन्न । म भने स्वच्छ अनि निस्वार्थ भावानाले समाजसेवामा लागेको हुँ । समाजसेवा गर्ने हो भने पार्टी, जाती र समाज विशेष भन्दा माथी उठेर समग्र समाज र देशको लागि समाज सेवा गर्नुपर्दछ भन्ने मान्यता राख्छु र त्यस्तै गरिरेको छु ।
अन्त्यमा हामीले सोध्न छुयाएको र तपाईले भन्न नपाएको केही छन् कि ?
खासै केही छैन । मेरो बिगतको कार्यहरुको (ट्रयाक रिकर्ड) मुल्यांकन गर्नुभई बेलायतबासी नेपालीहरुले फेरी पनि मलाई विश्वास गर्नुहुनेछ भन्नेमा पूर्ण आशा छ । सबै बेलायतबासी नेपालीहरुलाई एनआरएनए यूकेको सदस्य बन्नुभइ मेरो बिगतका कामको आधरमा अत्यधिक मतले बिजय गराउनुहुन हार्दिक अनुरोध गर्दछु ।
धन्यबाद ।