४०० बर्षपछि बर्बोडस बेलायतको उपनिबेशबाट मुक्त, कान्छो गणतन्त्रात्मक मुलुक बन्यो

एजेन्सी । क्यारिबियाली देश बार्बेडोस लगभग ४०० वर्षसम्म बेलायतको उपनिवेश रहेकोमा मंगलवारबाट स्वतन्त्र भएको छ । आफूलाई गणतन्त्र घोषित गरेर बार्बेडोसले बेलायती राजतन्त्रलाई सर्वोच्च निकाय नबनाउने भएको हो । बेलायतसँगको औपनिवेशिक सम्बन्ध बार्बेडोसले अन्त्य गरेको छ । उपनिवेशबाट स्वतन्त्रता पाएपछि बार्बेडोसका मानिसहरू आधा रातमा राजधानीस्थित चेम्बरलिन पुलमा आएर खुशियाली मनाए ।

यससँगै विश्वका राजतन्त्रात्मक देशहरु मध्ये बार्बाडोस पनि गणतन्त्रात्मक मुलुकमा परिणत भएको छ । बेलायती कमनवेल्थ राष्ट्रभित्रको यो मुलुक अब विश्वमै सवैभन्दा कान्छो गणतन्त्रात्मक मुलुक भएको छ । बार्बाडोसलाई गणतन्त्र घोषणा गर्ने समारोहमा भाग लिन बेलायती महारानीको प्रतिनिधित्व गर्दै राजकुमार चाल्र्स बार्बाडोस पुगेका छन् । बार्बाडोसमा नयाँ राष्ट्रपतिको घोषणा पनि गर्ने तयारी भइरहेको अधिकारीहरुले जनाएका छन् । हाल बेलायतकी महारानी एलिजाबेथ द्वितीयको प्रतिनिधि एवं गभर्नर जनरलका रुपमा कार्यरत सान्ड्रा मेसोनलाई राष्ट्रपति घोषणा गरिने भएको हो ।

सोमबारदेखि मंगलबारसम्ममा गर्नेगरी सैनिक परेडदेखि विभिन्न झाँकी सहितका भव्य कार्यक्रम आयोजना गरिने भएका छन् । संक्रमणकालीन यस समारोहमा राजकुमार चाल्र्सले बार्बाडोससँगको बेलायतको परम्परागत सम्बन्धलाई अझ मजबुत बनाउने बारेमा सम्बोधन गर्ने अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

बार्बाडोसमा करिब दुई लाख ८५ हजार जनसंख्या छ । सन् १८३४ सम्म झण्डै २०० वर्ष बेलायती उपनिवेशसहित दासप्रथा कायम थियो । सन् १९६६ मा भने बार्बाडोस बेलायती उपनिवेशबाट मुक्त भई स्वतन्त्र राष्ट्र बनेको थियो, तर बार्बाडोसको राज्यप्रमुख (हेड अफ स्टेट) बेलायतकी महारानी हुने प्रचलन कायम थियो ।

गत अक्टोबरमा बार्बाडोसमा भएको निर्वाचनमा मेसोनले राष्ट्रपतिका रुपमा विजय हासिल गरेका थिए । बार्बाडोसकी प्रधानमन्त्री मिया मोट्लेले देशले औपनिवेशिक विगतलाई पूर्ण रुपमा त्याग्ने घोषणा गरेकी थिइन् । तर, बार्बाडोसको अर्थतन्त्रको मूल आधार पर्यटन रहेको र यसमा बेलायती पर्यटकको संख्या अधिक रहेकाले पनि बेलायतसँगको सम्बन्ध अझै पनि जरुरी पर्ने धेरै बार्बाडोसी जनताको मत छ । तर बेलायती उपनिवेशको अवशेष पूर्ण रुपले अन्त गरेकामा आम जनताले खुशी व्यक्त गरेका छन् । प्रधानमन्त्री मोट्लेले बेलायती राजकुमार चाल्र्सलाई आमन्त्रण गरी “अर्डर अफ फ्रिडम अफ बार्बाडोस” ले सम्मान गर्न लागेको भन्दै आलोचना पनि भएको छ ।

गणराज्य बनेपछि २१ तोपको सलामी दिइयो र हिरोज स्क्वेयरमा देशको राष्ट्रगान बजाइयो । समारोहमा पुगेका बेलायतका राजकुमार चार्ल्स गम्भीरतापूर्वक उभिरहे । बार्बेडोसबाट प्रेरित भएर अन्य मुलुकहरूले पनि बेलायती राजतन्त्रलाई हटाउन सक्ने बताइएको छ । सान्द्रा मसोन बार्बेडोसकी पहिलो राष्ट्रपति बनाएकी छन् । मसोनलाई गत साता दुवै सदनको संयुक्त बैठकले राष्ट्रपति छानेको थियो ।

राष्ट्रपति मसोनले औपनिवेशिक भूतकाललाई त्यागेर अघि बढ्ने बेला आएको बताए । बार्बेडोसवासीहरू आफ्नै देशको मानिस प्रमुख हुनुपर्छ भनिरहेका थिए, उनले बताइन् । बेलायतका राजकुमार चार्ल्सले संविधान संशोधन गरे पनि बेलायत र बार्बेडोसबीचको सम्बन्ध न्यानो नै रहने बताए ।