एक वर्षमा १ करोड ३७ लाख नेपालीले लगाए पूर्ण खोप

काठमाडौं । नेपालमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सुरु गरेको एक वर्ष पूरा भएको छ । २०७७ माघ १४ गतेदेखि अग्रपङितमा खटिने स्वास्थ्यकर्मीहरुलाई खोप लगाउन सुरु भएको थियो । एक वर्षको अवधिमा नेपालमा कुल जनसंख्याको ४५.२ प्रतिशतले पूर्ण खोप लगाएका छन्…








