आफ्नै विश्वकीर्तिमान तोड्दै कामीरिता शेर्पाले २७ औँ पटक सगरमाथाको सफल अरोहण

काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पाले २७औँ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर आफ्नै विश्वकीर्तिमान तोड्नुभएको छ । वसन्त ऋतुको यो यामको जारी आरोहणमा आज (बुधबार) बिहान ८ः३० मा सगरमाथाको चुचुरोमा पुगेर शेर्पाले यसअघि २६ पटकको रेकर्ड तोड्नुभएको हो…









