KhabarUK

KhabarUK

इलाम २ को उप निर्वाचनमा रास्वपाद्वारा मिलन लिम्बुलाई उम्मेदवार

ईलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम २ मा मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ । प्रारम्भिक सूचीमा परेका ५ जनालाई उम्मेदवारी फिर्ता गराएसँगै लिम्बु सर्वसम्मत उम्मेदवार बनेका हुन् । लिम्बु स्वतन्त्र उम्मेदवारी दिने भनेर चुनाव प्रचारमा जुटिसकेका थिए भने रास्वपाले…

एमडीएमएसमा भ्रष्टाचार प्रकारणमा प्राधिकरणका तत्कालीन अध्यक्ष झा र खनालसहित १९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं : नेपाल टेलिकमको एमडीएमएस (मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम) को खरिद तथा उपकरण जडानमा अनियमितता गरेको आरोपमा दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र पुरूषोत्तम खनालसहित १९ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका…

आजदेखि एसइई : दुई हजार ६४ केन्द्रमा परीक्षा, पाँच लाख परीक्षार्थी

एसइई

यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज (बिहीबार)बाट सुरु भएकाे छ । बिहान ८ बजेदेखि सुरु भएकाे परीक्षाका लागि देशभर दुई हजार ६४ केन्द्र तोकिएका छन् । परीक्षामा देशभरका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी भएकाे राष्ट्रिय परीक्षा बोर्डले…

सन्दिप लामिछाने बलात्कार मुद्दामा दोषी, ८ वर्ष जेल सजाय

सन्दिप लामिछाने

काठमाडौँ — बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले बुधबार लामिछानेको सजाय निर्धारण गरेको हो । लामिछानेलाई ८ वर्ष जेल सजाय र ५ लाख रुपैयाँ जरिवाना गर्ने…

काठमाडौं जिल्ला अदालतले आज सन्दिप लामिछानेलाई सजाय तोकिँदै

सन्दिप लामिछाने

काठमाडौँ — बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको सजाय बुधबार तोकिँदैछ । काठमाडौं जिल्ला अदालतले बुधबार उनीमाथि सजाय तोक्ने भएको हो । यसअघि पुस १३ गते अदालतले उनलाई जबरजस्ती करणीमा दोषी ठहर गरेको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश…

बमजनको घरबाट अहिलेसम्म ३ करोड ३० लाख रूपैयाँ र १५ वटा मोबाइल बरामद

रामबहादुर बम्जन

काठमाडौँ — हत्या र यौनहिंसाका आरोपित रामबहादुर बम्जनको घरबाट प्रहरीले करिब साढे ३ करोड रुपैयाँ बरामद गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले बम्जनलाई पक्राउ गरेको थियो । बम्जनको घरमा खानतलासी गर्दा ३ करोड ३ लाख नेपाली रुपैयाँ…

राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक

एमाले

काठमाडौं : नेकपा (एमाले)ले सचिवालय बैठक भोलि शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुने भएको छ । राष्ट्रियसभा उम्मेदवारको चयन, ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको पार्टीका प्रचार विभाग प्रमुख…

नेपाल-भारत संयुक्त बैठक सकियाे, आर्थिक सम्बन्ध तथा कनेक्टिभिटीमा छलफल

नेपाल र भारत

नेपाल-भारतबीच संयुक्त आयोगको सातौँ बैठक सकिएको छ । दुई देशबीच आर्थिक सम्बन्ध, व्यापार, कनेक्टिभिटी, व्यापार र पारवहन, जलस्राेत, शिक्षा, संस्कृति तथा राजनीतिक विषयमा छलफल भएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिएका छन् । नेपाल र भारतबीच चार बुँदे सम्झौता पत्रमा हस्ताक्षर…

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई दुई वर्ष कैद सजाय

प्रेम चलाउने

काठमाडौं । जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश विनोद खतिवडाको इजलासले नेपाल विद्यार्थी संघ त्रिवि इकाइका तत्कालिन सभापति हरिप्रसाद आचार्य, सचिव योगेन्द्र रावल, रुपेश साह, रविन…

टिकटक बन्द गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा आधा दर्जन बढी रिट

टिकटक

काठमाडौँ — सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन बढी रिट परेका छन् । टिकटक बन्दले अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक उल्लंघन भएको लगायत दाबी गर्दै निवेदकहरुले निर्णय बदरको आदेश मागेका छन् । सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलका…