KhabarUK

KhabarUK

बेलायतमा पुरुषभन्दा महिलालाई ७३% कम तलब दिएको खुलासा

महिलालाई ७३% कम तलब

एजेन्सी । बेलायतको चर्चित कम्पनीका महिला निर्देशकहरूले आफ्ना पुरुष समकक्षीको तुलनामा झण्डै तीन चौथाई भुक्तानी कम पाउने गरेका सोमबार सार्वजनिक एक अध्ययनले देखाएको छ । न्यू स्ट्रीट कन्सल्टिङ ग्रुप (एनएससीजी) को अनुसन्धानअनुसार लण्डनको अनुक्रमणिकामा सूचीबद्ध कम्पनीहरूमध्ये एक महिला निर्देशकले प्रतिवर्ष…

कुलमान नियुक्ति विरुद्धको रिट प्रधानन्यायाधीश राणाको इजलासमा

प्रधानन्यायाधीश राणाको इजलासमा

काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारीमा नियुक्त गर्ने निर्णय विरुद्धको रिटमाको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा हुने भएको छ । यसअघि भदौ २ गते सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको सुनुवाइ ‘हेर्न नभ्याइने’मा राखिएको थियो ।…

कांग्रेसको जिल्ला सभापतिहरु पार्टी मुख्यालयमा धर्ना बस्ने

जिल्ला सभापतिहरु पार्टी मुख्यालयमा धर्ना

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्न माग गरेका छन् । हिजो साँझ सभापति शेरबहादुर देउवालाई बुझाइएको क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न माग गर्दै देउवा ईतरका जिल्ला सभापतिहरुले आज पार्टी मूख्यालय सानेपामा धर्ना दिने तयारी…

एकीकृत समाजवादी पार्टीको घोषणा पत्र र पार्टी नियमावली सार्वजनिक

एकीकृत समाजवादी पार्टीको घोषणा पत्र र पार्टी नियमावली

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) आफ्नो घोषणापत्र र पार्टीको नियमावली तयार गरेको छ । नेपालसहित उनी पक्षीय नेताहरु पार्टीको दस्तावेज तयार गर्न चन्द्रागिरी रिसोर्ट पुगेका थिए । ३२ जना संघीय सांसदसहित करिव ६० जना नेताहरु सोमबारको बास बस्नेगरी चन्द्रागिरी…

लिग २ खेल्न नेपाली क्रिकेट टोली ओमान प्रस्थान

नेपाली क्रिकेट टोली

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम आज मंगलबार बिहान ओमान प्रस्थान गरेका छन्। आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गरेका हुन् । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिम बिहान…

हालसम्म अफगानिस्तानबाट ६५४ नेपालीको उद्धार

अफगानिस्तानबाट ६५४ नेपालीको उद्धार

काठमाडौँ – अफगानिस्तानको पछिल्लो विषम राजनीतिक परिस्थितिपछि नेपाल सरकारले त्यहाँबाट हालसम्म ६५४ नेपालीको उद्धार गरेको छ । अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिक नेपाल फर्कने प्रक्रिया जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उद्धारका क्रममा पछिल्लो पटक आइतबार राति फ्लाई…

नेपाली मेला २०२१ को तयारी पुरा, तमु धिं यूके

नेपाली मेला २०२१ को तयारी पुरा, तमु धिं यूके

मिचेट, ह्यम्पसायर । तमु धिं यूकेले आज मिचेट ह्याम्पसायर स्थित आफ्नै भवनमा पत्रकार सम्मेलन गरेर यही अगष्ट २९ तारिख आइतबार केम्पटोन पार्क रेस कोर्समा हुने १२औ नेपाली मेला २०२१ को सम्पूर्ण तयारी पुरा भएको कुरा जानकारी गराएको छ । १२औ…

कांग्रेसको क्रियाशील विवाद आज टुंग्याइँदै

कांग्रेसको क्रियाशील विवाद आज टुंग्याइँदै

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले प्रतिवेदन तयार पारेको छ । केन्द्रीय सदस्यता छानबिन समितिले बुझाएको अपूर्ण प्रतिवेदनमा आधारित भएर बाँकी विवाद टुंग्याउन लागिएको हो । गएको साउन ३० गते पूर्वमहामन्त्री कृष्णप्रसामद सिटौलाको संयोजकत्वमा क्रियाशील सदस्यता विवाद…

मुलुकभर आज जनै पूर्णिमा र रक्षा बन्धन मनाइदै

आज जनै पूर्णिमा र रक्षा बन्धन

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु…

बिध्दुत प्राधिकरणद्वारा शहरी उज्यालो तथा सफाइ अभियान

शहरी उज्यालो तथा सफाइ अभियान

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले सहरी सौन्दर्यलाई वृद्धि गर्न ‘उज्यालो र सफाइ सहर अभियान’ चलाउने भएको छ । उज्यालो सहर अभियानअन्तर्गत नगरपालिकाहरुसँगको समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरुमा सजावटयुक्त आधुनिक बत्ति…