KhabarUK

KhabarUK

काबुल आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ‘९० पुग्यो’, थप ‘हमला हुनसक्ने’

काबुल आक्रमण

बीबीसी नेपाली । काबुल विमानस्थलमा बिहीवार भएको आक्रमणमा परेर ज्यान गुमाउनेहरूको सङ्ख्या ९० पुगेको एक जनस्वास्थ्य अधिकारीले बीबीसीलाई बताएका छन् । घाइतेहरूको सङ्ख्या १५० नाघेको बताइएको छ । मृत्यु हुने अफगानमध्ये कम्तीमा २८ जना तालिबान सदस्य रहेको एक तालिबान अधिकारीले…

प्रदेश १ को नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले शपथ लिए

मुख्यमन्त्री भीम आचार्यले शपथ लिए

विराटनगर । नेकपा (एमाले)का नेता भीम आचार्यले प्रदेश नम्बर–१ को मुख्यमन्त्री पदको शपथ लिएका छन् । आज विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख सोमनाथ अधिकारीले उनलाई शपथ गराएका हुन् । आचार्यले प्रदेशसभाको सबैभन्दा ठूलो दलको दलका नेताको हैसियतमा मुख्यमन्त्रीको शपथ…

अमेरिका र यूकेद्वारा काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम

काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम

बिबिसी । अमेरिका र ब्रिटेनले काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम रहेको चेतावनी दिँदै आफ्ना नागरिकहरूलाई त्यहाँ नजान भनेका छन् । विमानस्थल पुगिसकेकाहरूलाई तत्काल त्यहाँबाट फर्कन भनिएको छ । दुवै राष्ट्रले बुधवार अबेर त्यस्तो सूचना जारी गरेका हुन्। काबुल विमानस्थल हुँदै…

कोभिडविरुद्धको खोपको सुरक्षाशक्ती कम हुँदै जाने

खोपको सुरक्षाशक्ती कम हुँदै जाने

बीबीसी । बेलायतमा कोभिडको दुवै डोज खोप लगाइसकेकाहरुमा पनि बिस्तारै भाइरस विरुद्धको सुरक्षा हराउँदै गएको अनुसन्धानकर्ताहरुले बताएका छन् । वास्तविक जीवनमा आधारित रहेर सञ्चालन गरिएको यस रिसर्चमा २०२१ को मे र जुलाई बीच प्राप्त पोजेटिभ कोभिड पीसीआर परीक्षण नतिजा समावेश…

रियल म्याड्रिडले एम्बाप्पेलाई एक सय ६० मिलियनको प्रस्ताव

एम्बाप्पेलाई एक सय ६० मिलियनको प्रस्ताव

एजेन्सी । स्पेनी ला लिगा टोली रियल मड्रिडले पेरिस सेन्ट जर्मेनका फरवार्ड क्लियन एम्बाप्पेका लागि एक सय ६० मिलियन युरोको प्रस्ताव राखेको छ । विश्वकप विजेता फ्रेन्च खेलाडी एम्बाप्पे पेरिसमा सन् २०१७ मा १ सय ६५ मिलियन पाउन्डमा अनुबन्ध भएका…

मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री

मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री

काठमाण्डौ । निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादीलाई नयाँ दलको मान्यता दिएको छ । एमालेबाट अलग भएका माधवकुमार नेपालको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीबाट अलग भएका महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी बनेका हुन् । यी दुईसहित दलको…

शेरधन राईले राजीनामा दिँदै, भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी

भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी

विराटनगर । नेकपा एमाले विभाजनको असर प्रदेश–१ मा पनि देखिन थालेको छ । माधवकुमार नेपाल समूहले नेकपा (एकीकृत समाजवादी) दल दर्ता गरेसँगै प्रदेश–१ मा असर देखिएको हो । लामो समयदेखि माधव नेपाललाई साथ दिँदै आएका एमालेका दोस्रो तहका १० नेता…

सनाखतको माधव नेपाल समुह निर्वाचन आयोगमा

सनाखतको माधव नेपाल समुह निर्वाचन आयोगमा

काठमाडौँ — माधव नेपाल नेतृत्वको प्रस्तावित पार्टी नेकपा एकीकृत समाजवादीका नेताहरु सनाखतको लागि निर्वाचन आयोग पुगेका छन् । निर्वाचन आयोगले नेपाल नेतृत्वको पार्टी दर्ता प्रक्रिया बुधबार टुंग्याउने भन्दै दल दर्ताको क्रममा निवेदन दिएका नेताहरुलाई सनाखतको लागि बोलाएको थियो । उनीहरु…

बार्ता र सहमतिकाे भ्रममा नपर्न माधव नेपालको चेतावनी

माधव नेपालको चेतावनी

काठमाडाैं । माधवकुमार नेपालले नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रियामा अगाडि बढेकाले वार्ता र सहमतिको सम्भावना सकिएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् नेता नेपालले अब वार्ता र सहमति हुन नसक्ने बताएका हुन् । उनले यसअघि पटक–पटक बेइमानी भएको भन्दै अब…

माधव नेपालसँग चन्द्रागिरीमा एमालेका कति सांसद छन ?

चन्द्रागिरीमा एमालेका कति सांसद

काठमाण्डौ । माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादीपार्टीका नेताहरु अहिले चन्द्रागिरी रिसोर्टमा रहेका छन् । स्रोतका अनुसार त्यहाँ संघीय संसदका ३१ जना सांसदहरु सहभागी रहेका छन् । राष्ट्रियसभाका ८ र प्रतिनिधिसभाका २३ जना समेत गरी ३१ सांसद सहभागी रहेको…