KhabarUK

KhabarUK

नेता बर्षमान पुन उपचारको लागि बैंकक गए

नेता बर्षमान पुन

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री वर्षमान पुन उपचारका लागि बुधबार बिहान बैंकक गएका छन् । जन्डिसको पुरानो समस्या बल्झिएपछि उनी थप उपचारका लागि बैंकक गएका हुन् । चिकित्सकहरूको सल्लाहमा थप उपचारका लागि बैंकक गएको पुनका…

कोरियाली प्रायद्विपमा पुनः उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार, अशान्त बन्ने खतरा

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार

सिओल । उत्तर कोरियाले छोटो दूरीको क्षेप्यास्त्र प्रहार गरेको छ । उसले पूर्वी सामुद्रिक तटीय क्षेत्रमा मंगलबार बिहानै क्षेप्यास्त्र प्रहार गरेको हो । दक्षिण कोरियाले वार्ताका लागि आग्रह गरिरहेका बेला उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेपछि पुनः कोरियाली प्रायद्विपमा अशान्त बन्ने…

मोक्षभूमि उपन्यास र भक्तराज आचार्यलाई पद्मश्री पुरस्कार

मोक्षभूमि उपन्यास र भक्तराज आचार्य

काठमाडौं । वि.सं. २०७७ सालको पद्मश्री साहित्य पुरस्कार केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ लाई र पद्मश्री साधना सम्मान भजन शिरोमणि भक्तराज आचार्यलाई प्रदान गरिने भएको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले उक्त निर्णय गरेको हो । ‘मोक्षभूमि’ उपन्यासमा लेखक…

यि हुन् माधव नेपालको पार्टीबाट मन्त्री हुने सांसदहरु (नामसहित)

रामकुमारी झाँक्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारमा सहभागी हुने पार्टीका नेताहरुको नाम टुँगो लगाएका छन् । सत्तापक्षीय गठबन्धनले नेकपा (एकीकृत समाजवादी) लाई ६ वटा मन्त्रालय दिएको छ । मन्त्रालय भागबण्डाको टुँगो लागेपछि अध्यक्ष नेपाल पार्टीबाट क–कसलाई…

दल विभाजन सम्बन्धि अध्यादेश खारेज, छिट्टै मन्त्रिपरिषद् विस्तार हुने

राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं । सरकारले दल विभाजनलाई सहज हुने गरी ल्याएको अध्यादेश खारेज भएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार खारेज गरेकी हुन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदीय दल…

चौधरी ग्रुपद्वारा गत आर्थिक वर्ष राजश्वमा १४ अर्ब २८ करोड योगदान

चौधरी ग्रुप

काठमाडौं । चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/०७८ मा नेपाल सरकारलाई १४ अर्ब २८ करोड रूपैयाँ राजश्वमा योगदान गरेको जनाएको छ । नेपाली कांग्रेसका सांसद एवं उद्यमी विनोद चौधरी नेतृत्वमा सञ्चालित उद्यम व्यवसायबाट एक वर्षमा सरकारी ढुकुटीमा उक्त रकम योगदान भएको…

तमू सांस्कृतिक प्रतिष्ठान नेपाललाई सहयोग गर्न तमूधिं यूकेको वार्षिक परोपकारी रात्रिभोज सम्पन्‍न

तमूधिं यूकेको वार्षिक परोपकारी रात्रिभोज सम्पन्‍न

स्रोत- गोरखा मिडिया लन्डन २६ सेप्टेम्बर । तमू सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित तमू जेहन्दार गरिब विद्यार्थी छात्रवृत्ति अक्षयकोषको सहयोगार्थ तमु धिं यूकेले च्यारिटी रात्रिभोज भव्यताका साथ सम्पन्न गरेको छ । तमूधिं यूकेका अध्यक्ष हितकाजी गुरुङको सभापतित्वमा सेप्टेम्बर २५ तारिख शनिबार…

अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने माओवादीको निर्णय

माओवादीको निर्णय

काठमाडौँ । सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले तत्कालै दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषदलाई पूर्णता दिनुपर्ने निर्णय लिएको छ । दल विभाजनसम्बन्धी अध्यादेशले मन्त्रिपरिषद विस्तारमा समस्या गरेपछि त्यसलाई पहिले फुकाउने निर्णय लिएको माओवादी स्थायी कमिटी सदस्य देव गुरुङले…

विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज २ घण्टापछि काठमाडौंमै सकुशल अवतरण

बुद्ध एयरको जहाज

काठमाडौँ । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्यान्डिङ गियर(पाङ्ग्रा) नखुल्दा झन्डै दुई घण्टापछि काठमाडौंमै अवतरण गरिएको छ । ८ बजेर ३३ मिनेटमा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको अल्फा नोभेम्बर इन्डिया जहाज विराटनगरको आकाशमा दुई फन्को लगाएर काठमाडौं…

मन्‍त्रिपरिषद् बैठक बस्‍दै, राजनीतिक दलसम्‍बन्‍धी अध्यादेश फिर्ता लिने तयारी

मन्‍त्रिपरिषद् बैठक

काठमाडौँ – आज मन्‍त्रिपरिषद्‍ बैठक बस्‍दैछ । आज दिउँसो बस्‍ने मन्‍त्रिपरिषद्‍ बैठकले राजनीतिक दलसम्‍बन्‍धी अध्यादेश फिर्ता लिने तयारी गरेको छ । मन्‍त्रिपरिषद् स्रोतकाअनुसार आजको बैठकले उक्‍त अध्यादेश फिर्ता लिनेरे निर्णय गर्नेछ । आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा अध्यादेश फिर्ता लिनबारे…