KhabarUK

KhabarUK

यस्तो छ प्रधानन्यायाधीशले चाहिएको सम्मानजनक बहिर्गमन

प्रधानन्यायाधीशले चाहिएको सम्मानजनक बहिर्गमन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अबको तीन महिनापछि विदामा बस्ने र त्यसको एक महिनापछि अवकाश हुनेगरी सम्मानजनक बहिर्गमनको खाका अघि सारेका छन् । आफूसँग कुराकानी गर्न सर्वोच्च अदालतका न्यायाधीशहरुले गठन गरेको तीन सदस्यीय कार्यदलसँग उनले अमूर्त रुपमा यस्तो प्रस्ताव गरेको…

वागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिँदै

राजेन्द्र पाण्डे

हेटौंंडा । सत्ता गठबन्धनबाट बागमती प्रदेश मुख्यमन्त्री बनेका नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डे आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । त्यसका लागि आज दिउँसो ३ बजे प्रदेशसभाको बैठक बस्दैछ । स्पष्ट बहुमत नरही नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको…

काँग्रेसले १३ जिल्लाका लागि तोक्यो निर्वाचन अधिकृत

नेपाली काङग्रेस

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन हुन बाँकी १३ जिल्लामा निर्वाचन अधिकृत तोकिएका छन् । २ नम्बर प्रदेशका ८ जिल्लासहित कैलाली, डोल्पा, बाँके, सुर्खेत र रसुवामा काँग्रेसको वडा अधिवेशन हुन बाँकी छ । काँग्रेस केन्द्रीय निर्वाचन…

तराईमा छठको रौनकता, आज पहिलो दिन ‘नहाय खाय’

छठको रौनकता

जनकपुरधाम । तराईमा मधेशमा श्रद्धा र नियम निष्ठापूर्वक मनाइने छठ सोमबार विधिवत रुपमा सुरु भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमी सम्म चार दिन सम्मा मनाइने छठ पर्वको पहिलो दिन सोमबार ‘नहाय खाय’विधिसँगै विधिवत रुपमा छठ प्रारम्भ भएको हो ।…

प्रधानन्यायधिसको राजीनामा बाहेक अरु सम्झौता नगर्ने, मुलुकभरका अदालत एक दिन ठप्प पार्ने

प्रधानन्यायधिसको राजीनामा

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले जारी राखेको आन्दोलनमा विभिन्न इकाईले समर्थन जनाउँदै सशक्त बनाउन जोड दिएका छन् । दोस्रो चरणको आन्दोलन तयारीमा रहेको बारलाई मुलुकभरका अदालत एक दिन ठप्प पार्नुपर्नेसम्मका सुझाव इकाई पदाधिकारीले दिएका छन् ।…

प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, भ्रमणको बेला उच्चस्तरीय भेटबार्ताहरु पनि सम्पन्न

प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

काठमाडौं । जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) मा भाग लिएर प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएका छन् ।स्कटल्याण्डको ग्लास्गोमा आयोजित सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री देउवा आज बिहान काठमाडौं आइपुगेका हुन् । सो सम्मेलनमा भाग लिन प्रधानमन्त्री देउवा २० सदस्यीय टोलीसहित…

जो बाइडेनले आफूलाई देख्नेबित्तिकै चिनिहाले, प्रधानमन्त्री देउवा

जो बाइडेन

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूलाई देख्नेबित्तिकै चिनिहालेको बताए । स्कटल्यान्डको ग्लोस्गोमा कोप–२६ मा सहभागी भएर नेपाल फर्कने क्रममा त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री देउवाले भने,‘बाइडेनसँग पनि मेरो भेट भयो । पहिले नै नेपाल आएका…

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिँदै

मुख्यमन्त्री महेन्द्रबहादुर शाही

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार बेलुकासम्म आफ्नो पदबाट राजीनामा दिने तयारी गरिरहेका छन् । कांग्रेससँगको पूर्वसहमति कार्यान्वयनका लागि मुख्यमन्त्री शाहीले राजीनामा दिने तयारी गरेका हुन् । शाहीले यसबारे छलफल गर्न सोमबार साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका…

जलवायु परिवर्तन सम्बन्धि विश्व सम्मेलनमा बेलायती मन्त्री आलोक शर्माद्वारा नेपालको चर्चा

मन्त्री आलोक शर्मा

लक्ष्मीप्रसाद उपाध्याय रासस । स्कटल्याण्ड । जलवायु परिवर्तनसँग सम्बन्धी विश्व सम्मेलन बेलायतको स्कटल्याण्डस्थित ग्लास्गो शहरमा सुरू भएसँग विश्वको ध्यान नेपालको मुस्ताङ र सोलुखुम्बुले तानेको छ । आयोजक राष्ट्र बेलायतको तर्फबाट अध्यक्षता ग्रहण गर्नुभएका बेलायतका मन्त्री आलोक शर्माले जलवायु परिवर्तनको असरले…

सर्बोच्चमा कानुन व्यवसायीको आन्दोलन जारी, न्यायाधीशहरू आन्तरिक छलफलमा

कानुन व्यवसायीको आन्दोलन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्‍दै नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायीले आन्दोलन जारी राखेका छन् । आइतबारबाट कालो पट्टी बाँधेर विरोधमा उत्रिएका उनीहरूले सोमबार पनि आफ्नो आन्दोलनलाई जारी राखेका छन् । प्रधानन्यायाधीश जबराले आफू ‘सम्मान जनक बहिर्गमन’को…