KhabarUK

KhabarUK

मधेसी लक्षित आपत्तिजनक अभिव्यक्ति दिएका मन्त्री श्रेष्ठले मागे माफी

कृष्णकुमार श्रेष्ठ

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो एक आभिव्यक्तिलाई लिएर माफी मागेका छन् । उनले तनहुँमा गत सोमबार आयोजित एक कार्यक्रममा दिइएको अभिव्यक्तिको आलोचना भएपछि उनले माफी मागेका हुन् । उक्त अभिव्यक्ति कुनै समुदाय र जातिप्रति लक्षित…

एमालेको संगठित सदस्य संख्या आठ लाख नाघ्यो : मोरङ पहिलो, झापा दोस्रो

एमालेको संगठित सदस्य

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को संगठित सदस्य संख्या आठ लाख नाघेको छ । १०औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि छान्ने अन्तिम घडीमा आइपुग्दा एमालेको संगठित सदस्यको संख्या आठ लाख नाघेको हो । एमाले संगठन विभागका सचिव ज्ञानबहादुर भुजेलले दिएको जानकारीअनुसार अहिलेसम्म…

पूर्वराजालाई प्रधानमन्त्री देउवाले चुनाव लड्न चुनौती

प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतान्त्रिक शासन व्यवस्था विरुद्ध नलाग्न चुनौती दिएका छन् । गणेशमान स्मृति शान्ति प्रतिष्ठानले बुधबार बिहान शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शासन गर्ने भए चुनाव लडेर आउन शाहलाई चुनौती दिएका हुन्…

उच्चस्तरीय राजनीतिक समितिप्रति कांग्रेस नेता सिंहको आरोप

नेता प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले रामचन्द्र पौडेल नेतृत्वमा सत्ता गठबन्धनले बनाएको उच्चस्तरीय राजनीतिक समिति संविधानविपरीत भएको आरोप लगाएका छन् । आज विहान कांग्रेस संस्थापन नेता तथा पिता स्वर्गीय गणेशमान सिंहको १०७औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सिंहले भने, ‘अहिलेको…

बंगलादेशका पूर्वप्रधानन्यायाधीशलाई ११ वर्षको जेल सजाय

सुरेन्द्रकुमार सिन्हा

एजेन्सी । बंगलादेशको एक अदालतले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हालाई दोषी ठहर गर्दै ११ वर्षको जेल सजाय सुनाएको छ । विशेष अदालतले पूर्वप्रधानन्यायाधीश सिन्हालाई दोषी ठहर गरेको हो । सिन्हा वंगलादेशको अल्पसंख्यक हिन्दू समुदायबाट देशको पहिलो प्रधानन्यायाधीश बनेका थिए । सम्पत्ति शुद्धीकरण…

एमाले र गठबन्धनबीच तनाव : सिन्धुली सदरमुकाममा कर्फ्यु

सिन्धुली सदरमुकाम

काठमाडौं । सिन्धुली जिल्लाको सदरमुकाममा निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ । सदरमुकाममा आयोजित कार्यक्रममा नेकपा (एमाले) महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाइएको भन्दै सत्ता गठबन्धन पक्षले विरोध गरेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । कमलामाई नगरपालिकास्थित स्टलबजार, जुनारचोक,…

भारतले रोहित शर्मालाई क्रिकेट टिमको कप्तान बनाए

रोहित शर्मा

दिल्ली — रोहित शर्मालाई विराट कोहलीको स्थानमा भारतको ट्वान्टी–२० क्रिकेट कप्तान बनाइएको भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले मंगलबार जनाएको छ । भारत सोमबारमात्र ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा पुग्न नसकेर बाहिरिएको थियो । सुपर १२ को अन्तिम खेलमा सोमबार नामिबियालाई ९ विकेटको पराजित गरे…

आज छठ पर्वको मुख्य दिन, तराइमा धुमधामसँग मनाइदै

छठ पर्व

विराटनगर — सूर्य उपासनाको लोकपर्व छठ पूजाको आज मुख्य दिन । भक्तजनले घरदेखि घाट भनिने जलाशय किनारसम्म झकिझकाउ पारेका छन् । घरघरै व्रतालुहरु सम्पूर्ण शुद्धताका साथ ठेकुवा, भुसुवा र पुरीलगायतका प्रसाद तयार पार्नमा व्यस्त छन् । व्रतालु, परिवारजन र छरछिमेक…

भूपू गोर्खाहरुको माग सम्बन्धि बार्ता गर्न नेपाल सरकारको तर्फबाट वार्ता समिति बन्दै

भूपू गोर्खाहरु

नेपाल सरकारले भूतपूर्व गोर्खा सैनिकका मागका सम्बन्धमा बेलायतसँग संवाद थाल्न समिति गठनको तयारी गरेको छ । बेलायतले भूतपूर्व गोर्खा सैनिकका मागबारे संवादमा बस्न तयार रहेको जवाफ दिएपछि परराष्ट्र मन्त्रालयले समिति गठन गर्न लागेको हो । जानकार अधिकारीहरुका अनुसार उक्त समितिमा…

एमाले अध्यक्षमा उठ्ने भीम रावलको घोषणा

भीम रावलको घोषणा

‘कार्यकर्ताको आवाज कमजोर हुन दिन्नँ’ अछाम – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मंसिरमा हुन लागेको पार्टीको १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । मंगलबार आयोजित एमाले साँफेबगर नगर कमिटीको प्रथम बैठकमा बोल्दै रावलले एमाले अध्यक्षमा उम्मेद‍्वारी घोषणा…