एमसीसी पास गर्न महन्थ ठाकुरसँग प्रधानमन्त्रीले मागे सहयोग

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्बाट एमसीसी पारित गर्ने विषयमा सहयोग गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसँग आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार देउवा र ठाकुरबीच एमसीसीलगायत पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको स्रोतले बताएको छ…







