राजीनामा दिने प्रधानमन्त्री ओलीको तयारी, पत्र समेत तयार

काठमाडौँ- आफ्नै दलको माधवकुमार नेपाल समूहका सांसदहरुले समेत विस्वासको मत नदिने स्पष्ट पारेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले विस्वासको मत पाउने सम्भावना छैन । संसदमा विस्वासको मत नपाउने स्पष्ट भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आजै राजीनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले संसद बैठक लगत्तै राजीनामा दिने तयारी गरेका हुन् ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको प्रधानमन्त्री ओलीको सरकारले संसदमा विस्वासको मत पाउन नसक्ने निष्कर्ष निकाल्दै राजीनामाको तयारी गरिएको हो । प्रधानमन्त्रीको पक्षमा राजपाका महन्थ ठाकुर पक्षका सांसदहरुले मतदान गर्दैछन् । तर माधवकुमार नेपाल पक्षको सहभागीता विना ओलीले विस्वासको मत पाउने सम्भावना छैन । आफुले विस्वासको मत पाउन सक्ने स्थिती नरहेकोबारे जानकार प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा पत्र समेत तयार भइसकेको बताइएको छ ।

विस्वासको मत पाउन नसकेलगत्तै उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा बुझाउनेछन् । राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि आजै आह्वान गर्नेछिन् ।

चीनले यसअघि नै नेपाललाई कोरोनाविरुद्धको भेरोसेल खोपको आठ लाख डोज अनुदानमा उपलब्ध गराइसकेको छ ।