बेलायतको स्थानीय चुनाबमा नेपालीमुलका तीन उम्मेदवारहरु बिजयी
लण्डन । बेलायतमा हरेक बर्ष हुने मे ६ तारिखको स्थानीय चुनाबमा तीन नेपालीमुलका उम्मेदवारहरु बिजयी भएका छन । जसमा २ वटा काउन्सिलरहरु र एकजना मेयर बिजयी भएका छन । नेपालीहरुको बाक्लो बसोबास रहेको क्षेत्र रसमोर बोरो अन्तरगत चेरिवुड वडामा कन्जरभेटिभ पार्टीबाट उम्मेदवार नेम थापा ८ सय ९८ मत प्राप्त गर्दै विजयी बने । उनका निकटतम प्रतिस्पर्धी लेबर पार्टीका उम्मेदवारले ८०६ मत प्राप्त गरे । करिब २७ सय जम्मा मतदाता रहेको फार्नबरो चेरिवुड वडामा १७ सय १७ मत खसेका थिए । उक्त वडामा यसअघि भने लेबर पार्टीको वर्चश्व थियो ।
काउन्सिलर निर्वाचित थापा बेलायतको नेपाली समुदायमा एक सक्रिय अभियन्ता हुनुहुन्छ । मगर संघ यूकेका पूर्व अध्यक्ष र हाल ग्रेटर रश्मोर नेपाली कम्युनिटीको उपाध्यक्ष हुन । थापा बेलायतको अन्य विभिन्न नेपाली संघसंस्थामा पनि आबद्ध हुनुहुन्छ । नेपालीहरुको बाक्लो बस्ती रहेको यो वडामा पहिलोपटक नेपाली समुदायबाट काउन्सिलर निर्वाचित हुन पाउंदा थापाले खुशी ब्यक्त गर्दै गौरवान्वित भएको कुरा सुनाउनुभयो ।
त्यस्तै बेलायतमा नेपालीहरुको राजाधानी भनेर चिनिने अल्डरसटमा स्थानीय सामाजिक अभियन्ता जीव बेल्वासे काउन्सिलरमा निर्वाचित भएका छन् । रसमोर बोरो अन्तरगत वेलिङटन वडामा कन्जरभेटिभ पार्टीबाट उम्मेदवार बनेका बेल्वासेले ५ सय ८७ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उनका निकटतम प्रतिस्पर्धी लेबर पार्टीका उम्मेदवारले मात्र ४ सय २ मत प्राप्त गरे भने लिबरल डेमोक्र्याट उम्मेदवारले ८१ मत प्राप्त गरेका थिए । उक्त वडामा वडामा हुलाकी र प्रत्यक्ष गरी जम्मा १ हजार ७९ मत खसेको थियो । यस वडामा यसअघि पनि कन्जरभेटिभ पार्टीका तर्फबाट नेपाली समुदायका प्रवेश केसी काउन्सिलर थिए । यस वडामा पनि विगतमा लेबर पार्टीको पकड थियो तर गत बर्षको निर्वाचनमा कञ्जरभेटिभ पार्टीबाट प्रवेश केसी विजयी भएसंगै यस बर्ष पनि कन्सरभेटिभ पार्टीको उम्मेदवारले नै बिजयी हुनुभयो ।
ग्रेटर रशमोर नेपाली कम्युनिटीका पूर्व अध्यक्ष तथा एनआरएनए यूकेका पूर्व प्रवक्ता हुनुहुन्छ नव निर्बाचित काउन्सिलर जिव बेल्बासे । लामो समयदेखि रशमोर क्षेत्रमा स्थानीय नेपाली र बेलायती समुदायसंग नजिक रहेर काम गर्दै आएका बेल्बासेलाई यसअघि स्थानीय समुदायमा पुरयाएको योगदानको कदरस्वरुप बीबीसी कम्युनिटी हिरो अवार्ड, ह्याम्पशायर हाई सेरिफ अवार्ड जस्ता प्रतिष्ठित सम्मानले सम्मनित हुनुहुन्छ
त्यस्तै लन्डनको हन्स्लो बरोमा ५६ औं मेयरको रुपमा नेपाली मुलका पूर्व गोर्खा विष्णु बहादुर गुरुङ निर्वाचित भएका छन् । उहासंगै हालसम्म बेलायतमा मेयर हुने उनी नेपाली मुलको तेस्रो व्यक्ति हुन् भने लन्डनमा पहिलो बनेका हुन् । नेपालको गोर्खा जिल्लाको बारपाक, सुलिकोट गाउँपालिका सौरपानी ४, फुन्चोकमा जन्मिएका गुरुङ सानैबाट आफ्ना पिताको शैक्षिक एवम् सामाजिक क्षेत्रबाट प्रभावित भएर राजनीति क्षेत्रमा प्रवेश गरेको बताउँछन् । झन्डै दुई दशक बेलायती सेनामा सेवा गरेका गुरुङ सन् १९९५ मा सेनाबाट अवकाश भएर सन् २००५ देखि सपरिवार लन्डन हन्स्लोमा बस्दै आउनुभएको छ ।
सन् २०११ बाट लेबर पार्टीको सदस्यता लिएका गुरुङ सन् २०१४ देखि स्थानीय राजनीतिमा निरन्तर संलग्न हुदै आएका हुन् । सन् २०१४ मा हन्स्लोकै हानवर्थबाट पहिलोपटक काउन्सिलर निर्वाचित भएका थिए । २०१४ देखि २०१५ मा डेपुटी मेयर समेत बनेका गुरुङ सन् २०१८ मा पुन: काउन्सिलर निर्वाचित भएका थिए र यसपटक बहुमतले हन्स्लोको मेयर निर्बाचित हुनुभएको हो । कन्सरभेटिभ पार्टी र अन्य पार्टीको न्युन प्रतिनिधि रहेको उक्त बोरोमा गुरुङ बहुमतले बिजयी हुनुभएको हो ।
गोर्खा नेप्लिज् कम्युनिटी हन्स्लोका संस्थापक अध्यक्ष समेत रहेका गुरुङ देवाचन बुद्धिष्ट सेन्टर यूकेको सल्लाहकार समेत हुन् । यसका साथै अन्य विभिन्न संघसंस्था लगायत आर्मड् फोर्सेस च्यारिटी (साफा) मा पनि आबद्ध रहँदै सामाजिक कार्यमा योगदान दिंदै आएका छन् ।
नबनिर्वाचित द्वय काउन्सिलरज्युहरु र मेयरज्युलाई खबरयूके हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना ।