एकै घरको तीन दाजुभाइको कोरोनाले मृत्यु, श्रीमती सिकिस्त
नेपालगन्ज । बाँकेको नेपालगन्ज अहिले कोरोनाको हट स्पट बनेको छ । कोरोनावाट दिनहुँ धेरेको निधन भएका खवर सार्वजनिक भएका छन् । कती यस्ता हृ’दयवि’दारक घटना पनि नेपालगन्जमै भएका छन् । सगोलमा बस्ने ठूलो परिवारका अभिभावकले आफ्ना जवान तीन छोरालाई आफ्नै आँखा अगाडी गुमाएका छन् । तीन दिनको अन्तरालमा कोरोनाका कारण एकै परिवारका तीन दाजुभाईको मृत्यु भएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं। ३ सुनार मन्दी टोलमा बस्ने तीन दाजुभाइमध्ये कान्छो भाइ ४२ वर्षीय जहिर अहमदको बुधबार बेलुका ७ बजेतिर, ५४ वर्षीय राइँलो एजाज अहमदको बिहीबार बेलुका ७ बजेतिर र काइँलो इम्तियाज अहमदको शुक्रबार बिहान साढे १० बजेतिर मृत्यु भएको हो। वृद्ध अवस्थाका बुवाआमा पनि छन् । उनीहरुको ठूलो परिवार सगोलमै बस्दै आएका थिए । सात भाई दाजुभाई मध्ये तीन भाईको तीन दिनमै मृत्यु भएको हो ।
एक जना मृ’तकको श्रीमती पनि सि’किस्त छन् । उनलाई अक्सिजन दिएर उपचार थालिएको छ । तीनै जना दाजुभाइको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । नेपालगञ्ज ३ का वडाध्यक्ष महोमद अयुब शिद्धिकीले एकै परिवारमा भएको तीन जनाको मृत्युले परिवार र टोल नै शोकमा डु’बेको बताए । तीन दाजुभाइले नेपालगञ्जमा रं’गरो’गनको काम गर्दै आएका थिए । तीन दाजुभाई मध्य इम्तियाजकी श्रीमती पनि बिरामी छन् ।
बाँकेमा स्वाब दिन लाइनमा बस्दाबस्दै मृत्यु
बाँकेमा कोरोना परीक्षणका लागि स्वाब दिन लाइनमा बस्दाबस्दै एकजनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि स्वाब दिन पालो कुरेर बसेका कोहलपुर–५ का करिब ५९ वर्षीय पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको हो ।
सास फेर्न गाह्रो भएपछि उनी अस्पताल पुगेका थिए । तर स्वाब दिने पालो नआउँदै उनको मृत्यु भएको अस्पतालका एक चिकित्सक बताउँछन् । ‘३/४ दिनदेखि उनलाई ज्वरो आउने, टाउको दुख्ने भएको रहेछ । स्थानीय मेडिकलबाटै औषधि लगेर खाँदा पनि निको नभएपछि आज मात्रै उनी अस्पताल आएका रहेछन्,’ शुक्रबार उनले भने, ‘अस्पतालमा स्वाब दिने आउनेको ठूलै भिड थियो ।
सबै बिरामी उस्तै भएका कारण उनी पनि लाइनमा थिए । लाइनमा बस्दाबस्दै उनी ढले ।’ अस्पताल ल्याउन ढिलो भएको कारण अक्सिजन लेभल कम भएर उनको मृत्यु भएको हुन सक्ने चिकित्सकहरुले बताएका छन् । स्वाब दिन पालो कुरेर बस्दा बस्दै अस्पतालको प्रांगणमा मृत्यु भएपछि उनीसँगै आएका आफन्तले शवलाई अटोमा राखेर घर लगेको उनले बताए ।