उपनिर्वाचन र विश्वासको मतको विषयमा छलफल लगत्तै प्रधानमन्त्री राष्ट्रपतिकोमा
काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठकमा राष्ट्रियसभाको उपनिर्वाचनलगायत विषयमा छलफल भएको छ । बिहीबार बालुवाटारमा बसेको बैठकमा आउँदो जेठ ६ गतेका लागि तय भएको राष्ट्रियसभा उपनिर्वाचनको बारेमा छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । वाग्मती प्रदेशअन्तर्गत रिक्त एक पदमा हुने उपनिर्वाचनका लागि छिट्टै उमेदवार तय गरिने उनले बताए । उपनिर्वाचनमा जित सुनिश्चित हुने गरी छलफल अघि बढाइएको उनको भनाइ छ ।
त्यस्तै, बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसद्मा विश्वासको मत लिने विषयमा छलफल भएको उनले जानकारी दिए । अन्य पक्षसँगको छलफललाई निरन्तरता दिइने उनले बताए ।
बालुवाटारमा स्थायी कमिटी बैठक सकाएर प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बिहीबार शीतल निवास पुगेका छन् । ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका हुन् । बालुवाटारमा आज एमालेको स्थायी कमिटी बैठक बसेको थियो ।