गायक प्रकाश सपुत कोरोना संक्रमित

काठमाडौं । गायक प्रकाश सपुत कोरोना संक्रमित भएका छन् । काठमाडौं मेडिकल कलेज (केएमसी)मा गरिएको परीक्षणमा उनमा संक्रमण देखिएको हो । शरीर भारी हुने, टाउको दुख्नेजस्ता समस्यापछि कोरोना परीक्षण गराउँदा उनको रिपोर्ट पोजिटिभ आएको हो । अहिले उनी होमआइसोलेसनमा छन् ।

गायक प्रकाशले सामाजिक सञ्जाल फेसबुकमार्फत पछिल्लो समय उनको सम्पर्कमा रहेकाहरुलाई कोरोना परीक्षण गराउन पनि आग्रह गरेका छन् ।उनले लेखेका छन्, “एकदमै धेरै शरीर दुख्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने भएपछि मैले पीसीआर टेस्ट गरेको थिएँ । म होमआइसोलेसनमा छु । अवस्था सामान्य छ ।”

कोरोनालाई जित्न सकिन्छ भन्ने आत्मबल राखेर अगाडि बढ्नुपर्ने तर यसलाई सामान्य नलिन पनि उनले सबैलाई आग्रह गरेका छन् ।