आईसियूमा रहेका सांसद भेट्न मुख्यमन्त्री अस्पतालमा (भिडियो)
पोखरा । गण्डकी प्रदेश सभाका सदस्य खिमविक्रम शाहीलाई भेट्न मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अस्पताल पुगेका छन् । आज बुधबार मुख्यमन्त्री गुरुङविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्तावमा छलफल चलिरहेकै बेला सम्पर्कविहीन भएका शाही पोखराकै चरक अस्पतालमा रहेको खबर बाहिरिएको थियो ।
तर, जनमोर्चाकै सांसद पियारी थापाले आफ्ना सांसदको अवस्था अज्ञात रहेको भन्दै प्रदेश सभालाई थप कारबाही अघि नबढाउन आग्रह गरेपछि सभामुखले अर्काे सूचना प्रकाशन नहुन्जेललाई प्रदेश सभा स्थगित गरेका थिए । अहिले उनै शाहीलाई भेट्न मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र अर्थमन्त्री किरण गुरुङ चरक मेमोरियल हस्पिटल पुगेका हुन् । मुख्यमन्त्रीलाई अस्पतालले शाहीसँग भेट्न भने दिएन ।
स्रोत – इकागज