सम्पर्कविहीन बनेका जनमोर्चाका सांसद शाही अस्पतालकाे आईसीयूमा

पोखरा । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला जनमोर्चाका सांसद खीमविक्रम शाही भने चरक मेमोरियल हस्पिटलको आईसीयूमा भर्ना भएका छन् ।

उनका स्वकीय सचिव मीलन हमालकाअनुसार दिउँसो १२ बजे अचानक बिरामी भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । उनकाे समस्याबारे केही खुलाइएकाे छैन । हमालकाअनुसार शाही उनी अहिले भाइ जुनविक्रम शाहीसँगै अस्पतालमा छन् ।