कोरोना रिपोर्ट नेगेटिभ आएपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । सयभन्दा बढी केन्द्रीय सदस्यहरूको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा सबैमा कोरोना नेगेटिभ देखिएपछि आज बैठक बस्न लागेको हो । यसअघि सोमबार बस्ने भनिएको केन्द्रीय सदस्यहरूको बैठक कोरोना परीक्षण गर्ने भन्दै स्थगित गरिएको थियो । कुनैपनि केन्द्रीय सदस्यहरूमा कोरोना पोजेटिभ नदेखिएकाले बैठक आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

बैठकमा १४औं महाधिवेशन, समसामयिक राजनीतिक घटनाक्रम, क्रियाशील सदस्यतालगायतका विषयमा छलफल हुने बताइएको छ । यसअघि सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले संख्या पुगेपछि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वास प्रस्ताव ल्याउने निर्णय गरेको थियो । जसपाले निर्णय नगरेकोले अविश्वास प्रस्तावमा अहिले नै अगाडि बढ्न नसकिएको कांग्रेसको ठहर छ ।