ओली राणा भएको भए धरहराको नाम ‘केपी टावर’ हुन्थ्यो : मेयर शाक्य
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राणा भइदिएको भए धरहराको नाम ‘केपी टावर’ रहने काठमाडौं महानगरका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले बताएका छन् । शनिबार पुननिर्मित धरहराको उद्घाटन कार्यक्रममा बोल्दै आज ओली नभइ राणा भएको यो टावरको नाम ‘केपी टावर’ रहने उनले बताए । उनले भने, ‘सायद आज ओली नभइ राणा भएको यो टावरको नाम केपी टावर हुन्थ्यो होला । किनकि त्यतिबेला राणाकालमा कसैको बोल्न सक्ने आँट थिएन, साहस थिएन ।’ उनका अनुसार राणाकालमा भएको भए धरहरा कस्को नाम रहन्थ्यो होला ? राणाकालमा जति पनि दरबार, ऐतिहासिक सम्पदा बने ती सबै राणाहरुमध्ये कसै न कसैका नाममा रहेको पनि उनले बताए ।
राणाकालमा जे गर्यो त्यसैलाई साथ दिने, त्यसैलाई जयजयकार गर्ने प्रचलन रहेको पनि उनले बताएका छन् । तर, अहिले पूरानो धरहरालाई संरक्षण गरेर राख्ने नयाँ धरहरालाई मौलिकता र ऐतिहासि झल्काउने काम भएको उनले बताए । सुरुको प्रधानमन्त्री कार्यकालमा प्रधानमन्त्री ओलीले धरहरा पुनर्निर्माणको काम सम्पन्न गर्न असम्भव भएको पनि मेयर शाक्यले बताएका छन् । उनका अुनसार ०७४ को निर्वाचनपछि पुनः प्रधानमन्त्रीमा नियुक्त भए पछि धरहराको काम सम्पन्न गर्न सफल भएको प्रधामन्त्रीलाई धन्यवाद दिन चाहन्छु ।
पछिल्लो समय काठमाडौंं धुलो, धुवाँरहित भएको पनि उनको दाबी छ । गर्न सके केही नहुने बताउँदै काठमाडौंलाई हेर्न लायक बनाउने पनि उनले घोषणा गरेका छन् । दरबार हाइस्कुल पुनर्निर्माणपछि उद्घाटन सम्पन्न भइसकेको पनि उनले बताए ।