नौ महिनामा व्यापार घाटा १० खर्ब

काठमाडौँ । मुलुकको अन्तर्राष्ट्रिय बजारसँगको व्यापार घाटा १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख ४७ हजार रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको नौ महिनामा मुलुकको अन्तर्राष्ट्रिय बजारसँगको व्यापार घाटा १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख ४७ हजार रुपैयाँ पुगेको हो । आयातको अनुपातमा निर्यात बढ्न नसक्दा मुलुकको अन्तर्राष्ट्रिय बजारसँगको व्यापार घाटा बढ्दै गएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको नौ महिनामा ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख ५७ हजार मूल्यको सामान आयात भएको छ । मुलुकले स्वदेशबाट विभिन्न देशमा नौ महिनामा जम्मा ९४ अर्ब ७६ करोड ७१ लाख १० हजार मुल्यको मात्र सामान निर्यात भएको छ । मुलुकले अन्तर्राष्ट्रिय बजारमा आफ्नाे उत्पादन निर्यात गर्न नसक्दा व्यापार घाटा वर्षेनी बढ्दै गएको छ ।

गतआर्थिक वर्षको तुलनामा निर्यात २०.२३ प्रतिशतले बृद्धि भएपनि व्यापार घाटा कम हुन सकेको छैन । गतआर्थिक वर्षको तुलनामा अन्तर्राष्ट्रिय बजारसँगको व्यापार घाटा १३.१२ प्रतिशतले बृद्धि भएको छ । भन्सार विभागको तथ्यांक अनुसार गतआर्थिक वर्षको नौ महिनामा मुलुकको अन्तर्राष्ट्रिय बजारसँगको व्यापार घाटा ९ खर्ब ३७ अर्ब १६ लाख १७ करोड ९ हजार रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको नौ महिनामा १२.४९ प्रतिशतले व्यापार घाटा बढेर १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख ४७ हजार रुपैयाँ पुगेको छ ।

विभिन्न मुलुकसँगको व्यापार घाटा मध्ये सबै भन्दा धेरै छिमेकी मुलुक भारतसँग रहेको छ र चिनसंग रहेको छ । विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको नौ महिनामा मुलुकको १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख ४७ हजार रुपैयाँ व्यापार घाटा मध्ये भारतसंग मात्र ६ खर्ब ५६ खर्ब ५१ करोड ५८ लाख ८ हजार व्यापार घाटा रहेको छ । चालु आर्थिक वर्षको नौ महिनामा नेपालले भारतबाट ७ खर्बको २४ अर्ब रुपैयाँको सामान आयात गरेको छ भने ६८ अर्ब ४३ करोड रुपैयाँको मात्र निर्यात गरेको छ । यसैगरीचिनसँग नेपालको व्यापार घाटा १ खर्ब ६३ अर्ब रुपैयाँ रहेको छ । नेपालले चिनबाट १ खर्ब ६४ अर्बको सामान आयात गरेको छ भने नेपाल चिनमा जम्मा ७९ करोड ६४ लाख रुपैयाँको सामान निर्यात गरेको छ ।