विराटनगरमा अस्पताल डुल्दाडुल्दै एन्टिजेन पोजेटिभ महिलाको मृत्यु

विराटनगर । एन्टिजेन पोजेटिभ देखिएकी उदयपुरकी ३५ वर्षीया महिलाको विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएसंगै अस्पताल भर्ना हुन आएकी ३५ वर्षीया महिलाको अस्पताल डुल्दा डुल्दै निधन भएको हो । सोमबार राति करिब ३ बजेको समयमा अकस्मात श्वासप्रश्वासमा समस्या देखिएपछि स्थानीय अस्पतालमा सामान्य उपचारपछि विराटनगर ‘रिफर’ गरिएको थियो । विरामीको अवस्था गम्भीर बन्दै गएकोले एम्बुलेन्समा अक्सिजन दिएर विराटनगरस्थित गोल्डेन अस्पतालमा पुर्‍याइएको थियो । ‘अस्पताल पु¥याउने वित्तिकै सुरुमा आरडीटी परीक्षण गरियो, तत्काल पोजिटिभ देखिएको थियो, उक्त अस्पतालले विरामीको अवस्था गम्भीर रहेको भन्दै मेडिकल कलेज लैजान सुझाव दिए’ बिरामीका आफन्तले भने ।

विराटनगर स्थित गोल्डेन अस्पताल ल्याईएको थियो एन्टिजेन परीक्षण पोजेटिभ देखिएपछि उनलाई अस्पतालले भर्ना गर्न मानेन । निकै गम्भीर अवस्थामा रहेकी उक्त महिलालाई गाल्डेनले भर्ना गर्यो । जसपश्चात विराट शिक्षण अस्पताल लगिएको र त्यहाँ पनि उनलाई भर्ना लिएन र म्याक्स अस्पतालमा सम्पर्क गर्दा अस्पतालले नल्याउन भनेको आफन्तहरुले भनाई छ । उनलाई कुनै पनि अस्पतालले भर्ना नलिएपछि विराटनगर स्थित कोशी अस्पताल भर्ना गरेको र उनको उपचार नभए पछि नोवेल शिक्षण अस्पताल लगेको र नोवेलले पनि भर्ना नलिएपछि कोशीमै फर्काइएको थियो ।

कोशी अस्पतालमा आइपुगेपछि विहान साढे ६ बजे उनको मृत्यु भएको अस्पतालका मेसु डाक्टर चुमनलाल दासले जानकारी दिनुभयो । उहाँले एन्टिजेन पोजेटिभ भएको र पीसीआर गरिएको थिएन अक्सिजनको मात्र कम भएका कारण विरामीको मृत्यु भएको बताउनु भयो । उहाँले पहिले नै अन्य अस्पताल डुलाएका कारण उपचार नपाएर मृत्यु भएको बताउनु भयो । मृत्यु भएपछि आफन्तले शव घर लिएर गएका छन् । कोरोना संक्रमितको उपचार तुरुन्त गर्ने सरकारी निर्णय प्रति विराटनगरका ठुला र नाम चलेका अस्पतालहरु अर्झै सुध्रिन नसकेको जनगुनासो रहेको छ ।