एनआरएन डेभलपमेन्ट फन्डको अध्यक्षमा महतो चयन
काठमाडौं । एनआरएन डेभलपमेन्ट फन्डको अध्यक्षमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो चयन भएका छन् । संघका अध्यक्ष कुमार पन्तले फण्डको अध्यक्षमा डा. महतो चयन भएको कुरा सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी गराएका छन् । त्यस्तै, फण्डको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी भने अनलराज भट्टराईले पाएको पनि उनले जनाएका छन् ।
पन्तले लेखेका छन्–‘थप खुसीको खबर एनआरएन डेभलपमेन्ट फन्डले स्पष्ट आकार लिएको छ । अध्यक्षमा गैरआवासीय नेपाली संघ (#NRNA)का संस्थापक अध्यक्ष उपेन्द्र महतो चयन हुनुभएको छ । प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी अनलराज भट्टराईले पाउनुभएको छ । उहाँहरू दुवैजनाको व्यावसायिक अनुभवको भरपूर उपयोग भई संसारभरका गैरआवासीय नेपालीको लगानीलाई उच्चतम प्रतिफल दिने कम्पनीका रुपमा विकास स्थापित गर्नका लागि हार्दिक बधाइ तथा शुभकामना ।”