कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्ने महानगरको निर्णय
काठमाडौं । काठमाडौं महानगरपालिकाले कोभिड-१९ संक्रमण देखिएका महानगरभित्रका विद्यालय एक साता बन्द गर्ने निर्णय गरेको छ । विद्यालयमा संक्रमण जोखिम कम गर्न यस्तो निर्णय गरेको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए ।
डंगोलले ती विद्यालयमा बैकल्पिक माध्यमबाट पढाइ गर्ने पनि निर्णय गरेको बताए । उनले भने, ‘महानगरपालिकाभित्रको जुन विद्यालयमा संक्रमण देखा परेको छ, ती स्कुल एक साता बन्द गर्ने निर्णय गरेका छौँ ।’
पछिल्लो समय नेपालमा कोरोना संक्रमणदर बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकालाई बढी जोखिम हुने भएकाले विद्यालय बन्द गर्न आग्रह गरिरहेका छ ।