नेपाल–खनाल पक्षको छुट्टै राजनीतिक प्रस्ताव तयार (प्रस्तावसहित)

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले पार्टीलाई विघटनको दिशामा धकेलेको आरोप लगाउदै नेकपा एमालेको असन्तुष्ट पक्षले आफ्नो तर्फबाट छुट्टै राजनीतिक प्रस्ताव तयार पारेको छ । चैत्र ४ र ५ गते सम्पन्न आफ्नो राष्ट्रिय कार्यकर्ता भेलामा केन्द्रीय कमिटीका तर्फबाट वरिष्ठ नेता माधवकुमार नेपालद्वारा प्रस्तुत तथा भेलाबाट पारित राजनीतिक प्रस्ताव तयार पारेको हो ।प्राप्त प्रस्तावमा ओलीले पार्टी र आन्दोलनलाई विभाजन र विघटनको दिशातर्फ धकेल्दै लगेको गम्भीर अवस्थाबारे उल्लेख गरिएको छ । नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यक्रमको विपक्षमा उभिएका ओली नेतृत्वमा आएकैले एमालेभित्र समस्या देखिएको नेता नेपालले बताएका छन् ।

ओलीको सामर्थ्य नै गुटबन्दी भएकाले अध्यक्ष भए पनि त्यसलाई निरन्तरता दिइएको पनि प्रस्तावमा उल्लेख गरिएको छ । पार्टीमा विकसित अवस्थालाई यो पक्षले असाधारण परिस्थितिको रुपमा व्याख्या गरेको छ ।

राजनीतिक प्रस्तावको पूर्ण विवरण