चुच्चे नक्सा नभएको पदक खारेज गर्न माग
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले पूर्ण नक्साविनाको पदक खारेज गर्न माग गरेको छ । अनेरास्ववियुले शनिबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिएको पदकमा लिपुलेक, लिम्पियाधुरा र कालपानी नसमेटिएको भन्दै पदक खारेज गर्न माग गरेको हो ।
राष्ट्रिय सहमति कायम गरी सर्वभौमसत्ता सम्पन्न सांसदबाट सर्वसम्म रूपमा पारित गरिएको नक्सालाई दृढतापूर्वक कार्यान्वन गर्ने ओली सरकारले तत्परता नदेखिएको अध्यक्ष रञ्जित तामाङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘नेपालको अकाट्य र अविछिन्न भू-भाग फिर्ता गर्ने ठोस र सार्थक पहलकदमी लिनु त कता हो कता बरु उल्टै राष्ट्रियस्तरको पदकको नक्साबाट समेच चुच्चो हटाउने कदम अत्यन्तै आपत्तिजनक र निन्दनीय छ’ विज्ञप्तिमा भनिएको छ ।