बेलायतको राजकुमार ह्यारी अमेरिकाको स्यान फ्रान्सिस्को स्थित “बेटरअप” कम्पनीमा जागीर
एजेन्सी । बेलायतको राजकुमार ह्यारिले अमेरिकाको स्यान फ्रान्सिस्को स्थित “बेटरअप” कम्पनीमा मानसिक स्वास्थ्य सम्बन्धी परामर्शक तथा प्रशिक्षकको रुपमा जागिर शुरु गरेको कुरा उक्त कम्पनीको वेबसाइटले मंगलबार खुलासा गरेको छ । ड्यूक अफ ससेक्स उक्त कम्पनिमा प्रमुख प्रभाव अधिकारीको भूमिकामा रहनेछन । उनले मानसिक स्वास्थ्यसँग सम्बन्धि परमर्श दिनुको साथै मानसिक स्वास्थ्य बिषयमा वकालत गर्ने, उत्पादन रणनीतिहरु बनाउने देखी आबश्यक निर्णयहरु गर्ने र परोपकारी योगदान सम्बन्धमा पहल गर्ने कुरा उक्त वेबसाइटमा जनाएको छ ।
“म मान्छेको जीवन प्रभावकारी बनाउन मद्दत गर्न चाहन्छु,” उनले वाल स्ट्रीट जर्नललाई भने, जसले उनको जागिर सम्बन्धी पहिलो खबर प्रकाशित गरेको थियो । राजकुमार ह्यारीले यस किसिमको कोचिङ र परमर्शबाट ब्यक्तिको ब्रित्त बिकास, ब्यक्तिमा सचेतना बढाउनुको साथै ब्रिहत्तर बिकास अनि जागरुक बनाउदै जीवनका अनगिन्ती सम्भावनाहरु पहिल्याउनमा मध्दत पुर्याउने कुरा बताउनुभयो । ह्यारी १२ बर्षको हुँदा उसको आमा डायना मृत्यु भएपछी उनी आँफैले पनि यस किसिमको मानसिक पिडा भोग्नु परेको कुरा समय समयमा ब्यक्त गर्दै आइरहेको छ । आफ्नो आमाको मृत्युको पिडा दबाउदा उनलाई ठुलो मानसिक पिडा खप्नु परेको र पछी उसले मानसिक ब्यवसायीहरुसँग परामर्श लिनु परेको कुरा उनले खुलासा गरेका थिए । यस बिषयमा ह्यारीले उनको नयाँ पुस्तक- “हस्पिटल बाई हिल” मा पनि उल्लेख गरेका छन जून पुस्तक कोरोना महमारीको समयमा स्वास्थ्यकर्मीहरुको बच्चाहरुको लागि प्रकाशित गरेको थियो ।
यस वर्षको सुरूमा, ह्यारी र उनकी श्रीमती मेघन मार्कले उनीहरू शाही परिवारका सदस्यको रूपमा जिम्मेवार बहन नगरने घोषणा गरेका थिए र क्यानाडा हुँदै अहिले अमेरिकामा बसोबास गरिरहेका छन । यससंगै उनीहरुको सम्पूर्ण शाही जिम्मेवार महारानीमा निहित भएको रहेको महारानीले अरु शाही परिवारका सदस्यहरुलाई दिने कुरा बताएको छ ।
स्रोत- इन्डेपेन्डेन्ट