मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु
डोटी । चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार मंगलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मृत्यु भएको हो । उनी स्थानीय कुन्ति माध्यमिक विद्यालय कक्षा ६ मा अध्यनरथ थिइन् ।
मोबाइल पड्किँदा गम्भीर घाइते भएकी नाथको जिल्ला अस्पताल अछाममा उपचारका क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।