सुजलसहित आठ खेलाडी २ लाखमा बिक्री, अक्सनको तथ्याङ्कसहित

काठमाडौं । राष्ट्रिय टोलीका सुजल श्रेष्ठसहित आठ खेलाडी अर्को महिना त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल सुपर लिग (एनएसएल)का लागि शुक्रबार भएको अक्सनमा सर्वाधिक रकममा बिक्री भएका छन् ।

अक्सनका लागि ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा विभाजन गरिएको थियो । ‘ए’ श्रेणीका खेलाडीका लागि न्यूनतम १ लाख र अधिक्तम २ लाख रुपैयाँ तोकिएको थियो । २ लाख रुपैयाँमा सुजलसहित विकास खवास, एरिक विष्ट, दिनेश राजवंशी, दीप कार्की, विशाल सुनुवार, सुनिल बल र तेज तामाङ छन् । यी आठ जना खेलाडीका लागि एकभन्दा बढी फ्रेन्चाइज टोलीले खरिद गर्ने इच्छा देखाएपछि गोलाप्रथामा टोली तय भएको थियो ।

गत वर्ष स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले स्वर्णपदक जित्दाका कप्तान सुजललाई लिन लागि ४ टोलीले बोली लगाएका थिए । शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्र क्लबका सुजललाई गोलाप्रथामा पोखरा थन्डर्सले आफ्नो पक्षमा पार्न सफल भएको थियो । चार टोलीले बोली लगाएपछि त्रिभुवन आर्मी फुटबल क्लबका डिफेन्डर विकासलाई एफसी चितवनले पाएको थियो ।

एरिकका लागि दुई टोलीबीच प्रतिस्पर्धा हुँदा ललितपुरले बाजी मारेको थियो । पोखराले मनाङ मस्र्याङ्दी क्लबका गोलरक्षक दीप कार्कीलाई पनि तीन टोलीको भिडन्तमा घम्सा बाजी मा¥यो । तेज २ लाखमा बिक्री हुने पहिलो खेलाडी बने । सर्वाधिक ६ टोलीको रुचिमा परेका तेज काठमाडौं रेजर्समा पुगे । ३ टोलीको नजरमा रहेका अर्का गोलकिपर विशालको एफसी चितवनको भागमा परे । २ टोलीको प्रतिस्पर्धामा सुनिल विराटनगर सिटी एफसी र दिनेश धनगढी एफसीमा परे ।

‘बी’ श्रेणीका खेलाडीका लागि न्यूनतम ५० हजारदेखि अधिक्तम १ लाख २० हजार तथा ‘सी’का लागि कम्तीमा २० हजार र बढीमा ७५ हजार रुपैयाँ तोकिएको थियो । अक्सनबाट हरेक टोलीले १४ खेलाडी खरिद गरेका छन् । अक्सनमा एउटा टोलीले कम्तीमा १० लाख र बढीमा १५ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउँथे ।

त्यसमा ‘ए’ श्रेणीका ३, ‘बी’ श्रेणीका ४ देखि ६ र ‘सी’ श्रेणीका ५ देखि ७ खेलाडी किन्न पाउने प्रावधान थियो । अक्सनमा ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीका १ सय ४९ खेलाडी ९८ खेलाडी बिक्री भएका छन् । बाँकी खेलाडीलाई क्लबको आवश्यकताअनुसार खरिद गर्न सक्नेछ । ७ टोलीको सहभागितामा वैशाख ११ देखि २५ गतेसम्म एनएसएल दशरथ रंगशालामा हुनेछ ।

एक लाख र त्याे भन्दा माथिकाे रकम पाउने खेलाडीकाे सूची यस प्रकार छ ।

सरोज दाहाल–एक लाख
सुनिल बल –२ लाख

विजय धिमाल १ लाख २० हजार

सन्तोष तामाङ १ लाख

हेम तामाङ एक लाख २० हजार

बिशाल सुनुवार २ लाख

विकाश तामाङ १ लाख

कुलदिप कार्की १ लाख २० हजार

विकाश खवास २ लाख

टेकबहादुर बुढाथोकी १ लाख २० हजार

कमल श्रेष्ठ एक लाख २० हजार

प्रवेश दनवार एक लाख २० हजार

मिक्चेन तामाङ १ लाख २० हजार

एरिक विष्ट २ लाख

विमला राना एक लाख २० हजार

पाल्साङ लामा एक लाख

अजित भण्डारी १ लाख

दीप कार्की २ लाख

दिपक गुरुङ १ लाख २० हजार

सुजल श्रेष्ठ २ लाख

नितिन थापा एक लाख २० हजार

राजेश परियार १ लाख २० हजार

तेज तामाङ २ लाख

संजोग राइ १ लाख

त्रिदेभ गुरुङ १ लाख

विश्वास श्रेष्ठ १ लाख २० हजार

रुपेश केसी एक लाख २० हजार

विवेक बस्नेत १ लाख २० हजार

निसान खड्का १ लाख

दिनेश राजवंशी २ लाख

पुजन उपरकोटी १ लाख २० हजार

सुरज बिके १ लाख

रविन श्रेष्ठ १ लाख २० हजार

सेसेहाङ आङदाम्बे १ लाख ३० हजार

अमिर श्रेष्ठ एक लाख २० हजार

आशिष लामा एक लाख