सहारा यूकेले आकर्षक ट्रफी र मेडलहरु पठाउने

पोखरा । आगमी आहा रारा गोल्ड कप १९ औं संस्करणका बिजेता खेलाडीहरुको लागि यस बर्ष पनि सहारा यूकेले आकर्षक ट्रफी र मेडलहरु पठाउने भएको छ । सहारा यूकेको अधक्ष्य कुमार गुरुङले आफ्नो फेसबुकमा उक्त आकर्षक ट्रफी र मेडलहरु पोस्ट गरेका छन । प्रतियोगिताको बिजेता खेलाडीहरुको लागि सहारा यूकेले ट्रफी तथा मेडलहरु खरिद गरिसकेको कुरा उहाले जानकारी गराउनु भएको छ । उहाले भन्नुभयो– हामी हरेक वर्ष झैं यो वर्ष पनि ट्रफी पठाउँदै छौं, यी ट्रफीहरु गोल्डकपमा आकर्षक मात्रै नभई खेलाडीको जीवनको चिनो बन्नोस भन्ने हाम्रो उध्देश्य हो ।

आकर्षक ट्रफी र मेडलहरु

वेलायतबाट पठाइने ट्रफीहरु प्रत्येक खेलका लागि म्यान अफ दी म्याच ट्रफी सहित विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई प्रदान गरीने ट्रफीहरु रहेका छन । १० वटा खेलको लागि १० वटा म्यान अफ दी म्याच ट्रफी, प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुलाई- उत्कृष्ट स्टाइकर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट हाईस्कोरर, अनुशासित टोली र उत्कृष्ट प्रशिक्षक रहेका छन । यी आकर्षक ट्रफीहरु नेपाल पठाउन तयारी भइरहेको कुरा सहारा युकेका उपाध्यक्ष कुशाङ गुरुङले जानकारी गराउनु भयो । ट्रफीहरुको मुल्य नेपाली रुपैयाँ करिव १ लाख २५ हजारको हाराहारीमा रहेको कुरा अध्यक्ष कुमार गुरुङले बताउनु भयो ।

आकर्षक ट्रफी र मेडलहरु

त्यसै गरी विजेता तथा उपविजेता खेलाडीहरुलाई प्रदान गरिने मेडल समेत वेलायतबाट नै पठाउने भएको छ । विभिन्न विधामा उत्कृउष्ट हुने खेलाडी एवं कुनै टोलीको लागि ति ट्रफी निकै आकर्षक भएकोले उक्त ट्रफीको महत्व थप बढेको क्लवका अध्यक्ष केशव बहादुर थापाले बताए ।

पोखरामा आउँदो चैत १७ गते देखि १९ औं संस्करणको मोफसलको चर्चित राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब स्तरिय आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७७ हुने भएको छ । उक्त प्रतियोगिता पोखरा रंगशालामा २०७७ चैत २८ गतेसम्म हुने भएको सहारा क्लवले जनाएको छ । प्रतियोगितामा १० टिमको सहभागिता रहने क्लवले जनाएको छ ।