बेलायतको र दक्षिण अफ्रिकाको लागि राजदूत द्वय लोक दर्शन रेग्मी र डा निर्मलकुमार विश्वकर्मले सपथ लिए

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूतद्वय लोकदर्शन रेग्मी र डा निर्मलकुमार विश्वकर्माले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई पद तथा गोपनीयताको सपथ खुवाएकी हुन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा उनीहरुले शपथ लिएका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले रेग्मीलाई बेलायत र विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त गरेकी थिइन् । उक्त सपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थित रहेको थियो ।