नब नियुक्त प्रदेश २ प्रमुख डा झा आफैं दुर्घटनामा छटपटाइरहेका घाइतेको उद्धारमा जुटे

बाराको निजगढ़मा दुर्घटनामा परेर छट्पटाई रहेका नागरिकलाई प्रदेश प्रमुखले उद्धार गरेका छन्। जनकपुरधामबाट बाराको जितपुर गईरहेका प्रदेश २ का प्रमुख राजेश झाले दुर्घटनामा परि छट्पटाई रहेका ४ जना व्यक्तिलाई उद्धार गरि अस्पताल पठाएका हुन् । ‘जितपुरमा सैनिकको एउटा कार्यक्रम थियो त्यसमा सहभागी हुन जाँदै थिएँ,’ प्रदेश प्रमुख झाले सेतोपाटीसँग भने, ‘यतिकै निजगढको जंगलमा दुर्घटना पछि घाईते भएकाहरू सडक छेउमा छट्पटाई रहेका थिए, त्यसमध्ये एक जना बच्चा पनि थिए उनीहरुलाई तुरुन्त उद्धार गरी उपचारका लागि चन्द्रनिगाहापुरस्थित अस्पतालमा पठाए ।’

उनले आफ्ना लागि नागरिकको सुरक्षा सबैभन्दा महत्वपूर्ण भएको समेत बताए । प्रदेश प्रमुख झाले घाईतेको साथमा आफ्ना एक जना सुरक्षाकर्मीसमेत पठाएका थिए । ‘मेरा लागि नागरिक सुरक्षा सबैभन्दा महत्वपूर्ण विषय हो,’ उनले भने, ‘त्यसैले कार्यक्रममा केही ढिलो गरी पुगे पनि घईाइतेको उद्धार गर्न पाएँ ।’

यसअघि सहरी विकास मन्त्री प्रभु साहको गाडीले एक स्थानीयलाई ठक्कर दिएर घाइतेलाई अलपत्र पारीभागेका द्रिष्य सामाजिक सन्जालमा भाईरल बनेका थियो । तर नब नियुक्त प्रदेश प्रमुख झाले भने त्यसो गर्नु भएन । हिजै मात्र उहालै आफ्नो गृहनगरमा १०१ किलोको माला लगाइ दिएर स्वागत गरेको थियो ।