प्रदेश २ को प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै डा राजेश अहिराजलाई (झालाई) नियुक्त

काठमाडाैं । मन्त्री परिषदको सिफारिसमा राष्ट्रपती बिद्यादेबी भण्डारीले डा. राजेश (अहिराज) झा प्रदेश २ को प्रमुखमा नियुक्त भएको छ । डा झा पत्रकार तथा मधेस मामिला विश्लेषक हुन् । मधेस आन्दोलन तथा मधेसवादका विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका उनी मधेस आन्दोलनलाई नजिकबाट नियाल्ने गर्छन् । रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ३ सुन्दरपुरका उनी आरक्षण र मधेसी नेताको विरुद्ध कडा रुपमा प्रस्तुत हुने गर्दछन् ।

कानून विषयमा स्नातक गरेका उनी अधिवक्ताको लाइसेन्स समेत लिइसकेको बताइन्छ । पछिल्लो समय सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा र नेकपा प्रचण्ड–नेपाल समूहको विपक्षमा चर्को आलोचना गर्दै आएका उनी मधेशवाणी पत्रिका समेत सञ्चालन गर्दछन् । अनामनगरको हनुमानस्थानस्थित उनको मिडिया हाउस रहेको छ ।

डा. राजेश (अहिराज) झा प्रदेश २ को प्रमुख

यस अघि प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी थीइन । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परियारलाई शुक्रबार पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । परियार तत्कालीन नेकपामा माओवादीका नेता हुन् । २०६४ सालको संविधान सभा निर्वाचनमा उनी बाँकेबाट निर्वाचित सांसद थिए ।