चर्चित गायिका इन्दिरा जोशी प्रेम सम्बन्धमा विवाहबारे अहिले नै केही भन्न नसक्ने
नेपाली फिल्मकी सफल पार्श्व गायिका, नेपाल आइडलकी निर्णायक चर्चित गायिका इन्दिरा जोशी गत दुई बर्षदेखि आफू प्रेममा रहेको बताएकी छिन् । उनले सामाजिक संजाल फेसबुका स्टाटस लेख्दै प्रेममा रहेको बताएकी छन् । इन्दिराले लेखेकी छिन्–‘उनले मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन् ।
गायिका इन्दिरा जोशीले आफू प्रेममा रहेको स्वीकार गर्दै विवाहको बारेमा भने अहिले नै केही भन्न सक्ने अवस्था नरहेको बताएकी छिन् । भ्यालेन्टाइन डे सकिएको तीन दिनपछि इन्दिराले सामाजिक सञ्जालमा अपरिचित युवकले औंठी लगाइरहेको तस्बिर सार्वजनिक गर्दै दुई वर्ष देखि प्रेममा रहेको संकेत दिएकी थिइन् । औंठी मन परेकाले क्याजुअल्ली सामाजिक सञ्जालमा सेयर गरेको बताएकी छिन् । ‘मैले भ्यालेन्टाइनको छेउछाउमा औंठी पाएकी थिएँ । औंठी मन परेर सेयर गरेकी थिएँ । यति धेरै प्रतिक्रिया आउला भन्ने लागेकै थिएन’ उनले भनिन् ।
इन्दिराले आफ्नो विवाहका लागि अझै दुई वर्ष समय रहेको बताएकी थिइन् । दिदीको विवाह भर्खरै भएकाले आफूसँग अझै दुई वर्ष समय रहेको कुरा बाटएकी छीन् । ‘आजभोलि नै गरिहाल्ने भन्ने त होइन । मेरो धेरै आफन्त देशबाहिर हुनुहुन्छ । तत्काल उहाँहरू आउन सम्भव छैन,’ उनले भनिन्, ‘तर, थाहा छैन के हुन्छ ?’ इन्दिराले आफ्नो प्रेमी कला क्षेत्रको भने नभएको भने स्पष्ट पारिन् । त्योबाहेक बाँकी जानकारी भने समयसँगै सार्वजनिक गर्ने बताइन् ।
हामी २ बर्षदेखि एकसाथ छौं र अझै कैयौ बर्ष एकसाथ अगाडि बढ्ने वाचा गरेका छौं । जिन्दगीको अन्तिम श्वास रहेसम्म हामी एकसाथ हुनेछौं ।’ इन्दिरालाई उनका प्रेमीले मायामा वाचा गर्दै रिङ पनि लगाइदिएका छन् । उनले आफु पे्रममा रहेको बताए पनि प्रेमीको नाम र तस्विर भने खुलाएकी छैनन् । इन्दिरा उनको गायकी र वाक कलाका कारण पनि धेरैको मन मस्तिस्कमा बस्न सफल भएकी छन् ।
इन्दिराले यसअघि आफ्नो प्रेमको बिषयमा केही पनि खुलाएकी थिइनन् । उनले पहिलो पटक प्रेम रहेको बताएकी हुन् । प्रेममा रहेको खुलाएसँगै उनलाई वधाइको ओइरो लागेको छ । इन्दिराका प्रेमीले आफूलाई स्टार भन्दै आएका छन् र आफूलाई चन्द्रमा भनेर भनेको उनले बताइन् ।