न्याय सम्पादनमा अवरोध गरेको छैन : प्रधानमन्त्री ओली (जवाफकाे पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय सम्पादनमा अवरोध वा अदालतको आदेशको अवज्ञा आफूले नगरेको बताउनुभएको छ । बिहीबार सर्वाेच्च अदालतमा अदालतको अवहेलनासम्बन्धि लिखित जवाफसहित उपस्थित हुनुभएका उहाँले त्यस्तो बताउनुभएको हो ।

उहाँले सर्वाेच्च अदालतसमक्ष पेश गरेको लिखित जवाफमा भन्नुभएको छ, ‘नेपालको संविधानको धारा १२८ को उपधारा ४ बमोजिम न्याय सम्पादनमा अवरोध गरेमा वा आदेश वा फैसलाको अवज्ञा गरेमामात्र सम्मानित अदालतबाट अदालतको अवहेलनामा कारबाही हुने हो । निवेदन दाबीमा मबाट न्याय सम्पादनमा अवरोध गरेको वा अदालतको आदेशको अवज्ञा गरेको भन्ने उल्लेख छैन ।’

१० बुँदे लिखित जवाफमा प्रधानमन्त्री ओलीले न्यायपालिकाको सम्मान कम हुने कार्य गरे भनेर कल्पना गर्नु नै दुराग्रहपूर्ण भएको बताउनुभएको छ । ‘लोकतन्त्र, विधिको शासन तथा स्वतन्त्र न्यायपालिकाका लागि पाँच दशकभन्दा लामो समयदेखि संघर्ष गरेको मैले न्यायपालिकाको सम्मान कम हुने कार्य गरेँ भनी कल्पना गर्नु समेत दुराग्रहपूर्ण छ,’ उहाँले भन्नुभएको छ । हुँदै नभएको वा एक अर्थमा बोलेको कुरा वा शब्दलाई अर्को अर्थ लगाइ, बंग्याइ अदालतको अवहेलनाको मुद्दा हालेको भन्दै उनले यो आपत्तिजनक भएको पनि उहाँले बताउनुभएको छ ।

सर्वाेच्च अदालतसमक्ष प्रधानमन्त्री ओलीले पेश गर्नुभएको लिखित जवाफकाे पूर्णपाठ: