सपना रोका मगरले दिइन् विनयजंग बस्नेतविरूद्ध प्रहरीमा उजुरी

काठमाडौं । बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले विनयजंग बस्नेतविरूद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी छिन् । आफूलाई ‘अभद्र व्यवहार’ गरेको भन्दै सपनाले उजुरी दिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिनुभयो । सपनाको जाहेरी दर्ता भएको र बस्नेतलाई पक्राउ गर्नका लागि अदालतबाट पक्राउ पुर्जी लिन लागिएको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी अशोक सिंहले बताए । सपनाले शुक्रबार नै जाहेरी दिन खोजेपनि सार्वजनिक बिदा भएको कारणले जाहेरी लिएर आइतबार मात्रै दर्ता गरिएको एसएसपी सिंहले जानकारी दिनुभयो ।

बिशेष गरेर नांगो तस्वीर र भिडियो देखाइदिने भन्दै युट्युबमार्फत आफूलाई धम्की दिने विनयजंग बस्नेतविरुद्ध सपना रोका मगरले प्रहरीमा जाहेरी दिएकी हुन । बस्नेतले युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै सपनाका नग्न तस्वीर आफूसँग पेन ड्राइभमा सुरक्षित रहेको र कुनै बेला सार्वजनिक गरिदिने धम्की दिएका थिए । बस्नेतको उत्तेजक अन्तर्बाताहरु युट्युबमा भाइरल बन्ने गरेका छन् । आर्यघाटमा बेवारिसे शव जलाएर चर्चामा आएकी सपना बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेपछि बस्नेतले अनेक ढंगले मानसिक यातना दिंदै आएको उनले बताएकी छन् । उनले सपनाको चरित्रहत्या गर्ने भन्दै सार्वजनिक रूपमा धम्की दिदै आएका छन ।

बाबु छोरीको सम्बन्ध हो भनेर यस अघि दुबइ मिलेर बेवारिसे शव जलाउने गरेकी थिइन् । म्याग्दी घर भएकी सपना आफूसँगै बस्ने गरेको बस्नेतले बताएका थिए । सोही क्रममा केही महिनाअघि उनीहरुबीच तिक्तता आएको थियो । पछिल्लो समय सम्बन्धमा तिक्तता आएपछि बस्नेतले सपनाको चरित्रहत्या गर्न थालेका थिए । अहिले सपनाले आफ्नै शब ब्यवस्थापना (जलाउने) संस्था खोल्न लगेकी छिन् ।