म्यानचेस्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा

म्यानचेस्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा वेस्ट ह्यामलाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरी भएपछि अतिरिक्त समयमा धकेलिएको खेलमा ९७औँ मिनेटमा स्कट म्याकटोमिनीले निर्णायक गोल गरे ।उनले मार्कुस रासफोर्डको पासमा गोल गरेका थिए ।

अर्काे खेलमा बर्नमाउथले बर्नलेलाई २–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ । बर्नमाउथका साम सुरिज र जुनियर स्टानिसलासले गोल गरे ।