बेलायतको लागि पूर्व राजदुत डा. दुबसु नेपाल प्रस्थान, उता अमेरिकाको लागि नयाँ राजदुत डा. युवारज खतिवडा अमेरिका प्रस्थान

बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीको चार वर्षे कार्यकाल सकी हिजो नेपाल फिर्ती हुनुभयो । दुताबास स्रोतका अनुसार राजदुत सुवेदी सपरिवार नेपाल फर्किसक्नुभएको छ । उहाको चारवर्षे कार्यकाल सेप्टेम्बरमै पूरा भए पनि कोरोना महामारी र राजदुताबास प्रमुखविहीन नबनाउने नेपाल सरकारको नीतिका कारण नेपाल फर्कन ढिलाइ भएको थियो । कोभिड महामारीका कारण उहाको बेलायत बसाइ केहि समय लम्बियोको र उनको ठाउँमा आउने नयाँ राजदूत नियुक्तिको प्रक्रियाले समय लिएको हो ।

बेलायतका लागि नयाँ राजदुतका रुपमा लोकदर्शन रेग्मी नियुक्त भइसकेका छन् र फागुनको दोस्रो साताभित्र बेलायत आइपुग्ने बताइएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले यही माघ ५ गते रेग्मीलाई राजदूतमा नियुक्त गरेकी थिइन् ।

स्वदेश फर्कदै गर्दा डा. सुवेदीले एक सन्देश जारी गर्दै आफूलाई आज सम्म काम गर्न साथ दिने सबैमा धन्यवाद दिनुभएको थियो भने लण्डन स्थित नेपाली राजदुताबासले पनि उहाँको सुखद यात्राको निम्ति हार्दिक शुभकामना व्यक्त गरेका छन । हामी उहाँ र उहाँको धर्मपत्नी श्रीमती पुनम सुवेदीज्यूको सुख, सु-स्वास्थ्य, समृद्धि, उज्जवल भविष्य एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।’

डा दुर्गाबहादुर सुवेदी र उहाको धर्मपत्नी पुनम

उता अमेरिकाको लागि नयाँ राजदुत डा युवारज खतिवडा अमेरिका प्रस्थान

अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले आज सोमबारबाट आफ्नो कार्यभार सम्हाल्ने भएका छन । पूर्वराजदूत डा. अर्जून कार्की शुक्रबार नेपाल फर्किए लगतत्तै शनिबार अमेरिका आइपुगेका राजदूत डा. खतिवडाले सोमबारदेखि आफ्नो कार्यभार सम्हाल्ने छन् भने ओहोदाको प्रमाण पत्र बुझाएपछि मात्र उनले अन्य भेटघाट थाल्न बताइएको छ। अमेरिका आईपुग्ने वित्तिकै एयरपोर्टमा महावाणिज्यदूत प्रेमराजा महत र दूतावासका कर्मचारीहरुले स्वागत गरेका थिए । आजबाट कार्यभार सम्हाले पनि राजदूत खतिवडाले एकसाता क्वारेन्टाईनमा बस्ने महावाणिज्यदूत महतले नागरिकन्यूजलाई बताए ।

प्रधानमन्त्रिका अति विश्वास पात्र नवनियुक्त राजदूत खतिवडा पूर्व अर्थ र सञ्चातरमन्त्री, नेपाल राष्ट्रबैंकका गर्भनर, राष्ट्रिय योजना आयोगकको उपाध्यक्ष भएर काम गरिसकेका व्यक्ति हुन ।

निवर्तमान राजदूत डा. अर्जुन कार्कीले ६ वर्षे कार्यकाल विताएर नेपाल फर्केका हुन ।