विवेकशील साझा प्रवास समिती अन्तर्गत माल्टामा राष्ट्रिय समिती गठन

विवेकशील साझा पार्टी नेपालमा आस्था अनि सद्भाव राख्ने प्रवासका नेपालीहरु एकिक्रित हुने क्रममा युरोपको माल्टामा पनि विवेकशील साझा प्रवास समिति गठन भएको छ । पार्टी एकीकरण पश्चात केही प्रक्रिया पार गर्दै विवेकशील साझा यूरोप माहादेशिय समितिको संयोजक यूके निवासी एस के श्रेष्ठको प्रमुख पहलमा विवेकशील साझा माल्टा राष्ट्रिय समिति गठन भएको हो । विवेकोशील साझा सद्भाव राष्ट्रिय समिति माल्टाको संयोजकमा केदार कार्की र उपसंयोजकमा लोक राज पौड्याल चयन हुनुभएको छ । साथै राष्ट्रिय समितिको अन्य सदस्यहरुमा- द्रोण कुमार घिमीरे, सन्तोष अधिकारी, प्रकाश सिपाली, कृष्ण प्रशाद पाण्डे, दिनेश बास्तोला, प्रकास ढकाल, कृष्णहरी भण्डारी, क्षितीज गुरुङ, दशीराम खनाल, पदम कार्की, भिमशेन पाण्डे, कौसिला अर्याल, निशा गुरुङ, शुनील थापा र दिपक भण्डारी चयन हुनु भाएका छन । विवेकशील साझा माल्टामा अहीलेसम्म ५४ सदस्यहरु जोडीनु भएका छन ।

यस सँगै यूरोप संयोजक एस के श्रेष्ठको पहलमा अहिलेसम्म यूरोपका १२ वटा देशहरुमा राष्ट्रीय समिति गठन भैसकेका छन भने अरु देशहरुमा पनि राष्ट्रिय प्रवास समितिहरु गठन गर्नलाई तयारीमा रहेको कुरा जानकारी गराउनुको साथै प्रवासमा पनि साथीहरु उत्साहको साथ जोडीने क्रम जारी रहेको कुरा अबगत गराउनु भयो । यस अवसरमा यूरोप संयोजक श्रेष्ठले माल्टाको सम्पुर्ण साथीहरुलाई सफल कार्यकालको लागि शुभकामना दिनुको साथै माल्टा समिति गठन गर्न मद्दत गर्नुहुने सम्पुर्ण मित्रहरुलाई धन्यवाद दिनुभएको छ । त्यस्तै श्रेष्ठले यूरोपमा यदी कोही ब्यक्तीहरु विवेकशील साझामा जोडीन्न चाहनु हुन्छ या राष्ट्रीय समितिहरु गठन गर्न वा कुनै जिम्मेवारी लिन चाहनु हुन्छ भने सम्पर्क गर्नुहुन अनुरोध गर्नुभएको छ ।

विवेकशील साझाको हालसम्म २४ वटा अन्तराष्ट्रिय देशहरुमा राष्ट्रिय समितिहरु गठन भइसकेका छन ।