बाइडनको शपथग्रहण अगाडि अमेरिकाभर उच्च सतर्कता अपनाइयो

एजेन्सी । डेमोक्रेट नेता जो बाइडनले अमेरिकी राष्ट्रपति पदको शपथ ग्रहण गर्नुअघि हिंसा फैलिन सक्ने भन्दै अमेरिकाका सबै ५० राज्यमा उच्च सतर्कता अपनाइएको छ । गत ६ जनवरीमा अमेरिकी संसद क्यापिटल हिलमा ट्रम्पका समर्थकहरुले हिंसा गरे पछी फेरी पनि यस किसीमको हिंसा फैलाउन सक्ने आशंकामा देशभर सुरक्षा सतर्कता अपनाइएको बीबीसीले जनाएको छ । देशभरबाट नेशनल गार्डको टोलीलाई राजधानी वाशिङ्टन डिसीमा पठाइएको छ । डिसीमा नेशनल मलहरुलाई बन्द गरिएको छ भने कडा सुरक्षाका बीच राजधानीका सडकमा बारहरु लगाइएको छ । डीसीमा नेसनल शपिङ मल बन्द गरिएको छ। कडा सुरक्षाको बीचमा राजधानीको सडकमा सुरक्षाको लागि तारबार लगाइएको छ । मेरिल्याण्ड, न्यू मेक्सिको, युटा लगायतका राज्यमा सम्भावित विरोध प्रदर्शनलाई मध्यनजर गरी पहिलेदेखि नै आपतकालको स्थिति घोषणा गरिएको छ । क्यालिफोर्निया, पेन्सलभेनिया, मिशिगन, भर्जिनिया, वाशिङ्टन र विस्कोन्सिन राज्यहरुले आफ्ना नेशनल गार्डस्लाई सक्रिय बनाएका छन् ।

बाइडन पक्षले अमेरिकीहरुलाई कोरोना संक्रमणबाट जोडिन राजधानीको यात्रा नगर्न भनेको छ । यसैगरी स्थानीय अधिकारीहरुले बाइडनको शपथ ग्रहण समारोह आ-आफ्नो घरमै बसेर हेर्न अपील गरेका छन् । बाइडेनको टोलीले अमेरिकीहरूलाई कोरोना महामारीको कारण राजधानीमा ठूलो भीड नगर्न आग्रह गरिसकेको छ। स्थानीय अधिकारीहरूले मानिसहरूलाई आ-आफ्नो घरबाट उक्त समारोह हेर्न अपील गरेका छन् । यद्यपी ट्रम्पका समर्थकहरूले जनवरी १७ मा आन्दोलनको धम्की दिएका छन् र वाशिंगटन डीसीमा र्‍याली निकाल्ने पनि बताएका छन् । सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै धेरै समूहले समर्थकहरूलाई टाढा रहन भनेका छन् । मेरील्याण्ड, न्यू मेक्सिको र यूटाका गभर्नरहरूले सम्भावित प्रदर्शन हुनु अघि आपतकालिन अवस्था घोषणा गरेका छन् ।

रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई हराउँदै जो बाइडन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका हुन र उनले यही जनवरी २० (माघ ७ गते) शपथ ग्रहण गर्दैछन् ।